default_image

6 years ago

March 31, 2019

एकै इनिङ्समा वार्नर र बेयरस्टोको आक्रामक शतक

117 views

0 Bookmark

एजेन्सी – ओपनरद्वय डेविड वार्नर र जोनी बेयरस्टोले आक्रामक शतक जोडेपछि इन्डियन प्रिमियर लिग अन्तर्गत ११ औं खेलमा सनराइजर्स हैदराबादले रोयल च्यालेंजर्सलाई २ सय ३२ रनको विशाल लक्ष्य दिएको छ ।

राजीव गान्धी इन्टरनेशनल स्टेडियमा टस हारेर पहिला ब्याटिङ थालेको घरेलु टोली हैदरावादले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २ सय ३१ रन बनायो । यो हैदरावादले बनाएको अहिले सम्मकै उच्च स्कोर सम्म हो ।

हैदरावादलाई विशाल योगफल तयार पार्न ओपनर जोनी बेयरस्टोे आफ्नो आईपीएल करियरको तेस्रो खेलमै पहिलो सानदार शतक प्रहार गर्दै १ सय १४ रनमा क्याच आउट भए । सुरुवात देखीनै मैदानमा चौका र छक्काको वर्षा गराएका बेयरस्टोले ५६ बलमा १२ चौका र ७ छक्का प्रहार गरे । बेयरस्टोले ५२ बलमा शतक पुरा गरेका थिए ।

त्यस्तै अर्का ओपनर डेविड वार्नरले पनि सानदार शतक प्रहार गरे । वार्नर १ सय रनमा अविजित रहे । २० ओभरको चौथो बलमा मोहम्मद सिराजलाई चौका हान्दै ५४ बलमा शतक प्रहार गरेका वार्नरको यो आईपीएल करियमा चौथो शतक हो ।

वार्नरले ५५ बलमा समान ५ चौका र छक्का प्रहार गरे । यी दुई ओपनरले पहिलो विकेटका लागि १ सय ८५ रनको कीर्तिमानी गरका थिए । पहिलो विकेटका यो आईपीएलमा अहिले सम्मकै उच्च साझेदारी समेत हो ।

यी दुईको साझेदारी १७ ओभरको दोस्रो बलमा युजवेन्द्र चाहलले बेयरस्टोलाई उमेश यादवबाट क्याच गराउँदै तोडेका थिए । विजय शंकर ९ रनमा रन आउट हुँदा युसुफ पठान ६ रनमा अविजित रहे । बेंगलोरका लागि युजवेन्द्र चाहालले १ विकेट लिन बाहेक अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् ।

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

बुटवलमा राष्ट्रिय ब्याडमिन्टन सुरु

सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

Success

Thank you for your time.