6 years ago
March 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको १७ औं एसियाली खेलकुदमा नेपालको लागि एकमात्र पदक विजेता विमला तामाङले गैरआवसिय नेपाली संघ (एनआरएनए) बाट आठौं राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गर्ने भएकी छिन् ।
नेपालगंजमा यसै महिनाको अन्तिम साताबाट सुरु हुन प्रस्ताव गरिएको आठौं राष्ट्रिय खेलकुदको लागि एनआरएनले २४ खेलाडीसहित टोलीको घोषणा गरेको छ । आठौंमा समावेश विभिन्न ३५ खेलमध्ये एनआरएनएले व्यक्तिगत विधाका ९ खेलमा सहभागिता जनाउदै छ । आठौंमा सहभागिता जनाउने खेलाडीहरुमा अमेरिका, अष्ट्रेलिया, मलेसिया, युएई, मकाउ, जापान र हङकङगरी सात मुलुकबाट कराते, तेक्वान्दो, जुडो, ब्याडमिन्टन, लन टेनिस, टेवल टेनिस, गल्फ, म्याराथन र बक्सिङ गरी कुल २४ जना खेलाडीले सहभागिता जनाउने भएका छन् । टिमको नेतृत्व मुकेश वरुवालले गर्नेछन् ।
कराँतेको कुमुते पुरुषतर्फ विजय तामाङ (५० केजीमुनि), लक्ष्मण मगर (५५ केजीमुनि), उत्तम गुरुङ, (६० केजीमुनि), नान बहादुर थापा, (६७ केजीमुनि), जनक सिंह खड्का (७५ केजीमुनि), नोर्वु तामाङ (८४ केजीमुनि) र लोकमान सिंह खड्का ले ८४ केजीमाथि प्रतिस्पर्धा गर्नेछन् । टिम कुमुतेमा कुमार भुषाल, लोक बहादुर श्रेष्ठ, राम बहादुर तामाङ, जनक सिंह खड्का र लोकमान सिंह श्रेष्ठ रहेका छन् । कुमुते गर्ल्सतर्फ शान्तिदेवी अधिकारी र कातामा विमला तामाङले प्रतिस्पर्धा गर्नेछिन् ।
रेफ्रीमा रवि शाही, योगेन्द्र कोइराला र शान्ता थोकर रहँदा टिम प्रशिक्षकमा सुनिल लामा र पर्शुराम घिमिरे रहेका छन् । फुल कन्ट्रयाक्ट करातेमा अविरल घिमिरे ७५ केजीमा छन् । जुडोमा मोहन बम, बक्सिङमा प्रचण्ड केसी छन् ।
लन टेनिसमा अमृत पौडेल र संरक्षक बज्राचार्य रहेका छन् । डबलमा पनि यही जोडीले प्रतिस्पर्धा गर्नेछन् । गल्फमा लव कुमार गुरुङ, ब्याडमिन्टनमा बिक्की बुढा, सुर्य गिरी, हिरालाल श्रेष्ठ छन् । समूहमा सुर्य गिरी र हिरालाल रहेका छन् । एथलेटिक्समा नारी चन्द रहँदा तेक्वान्दो क्योरोगीमा नवीन श्रेष्ठ र पुष्प थापामगर रहेका छन् ।
खेलाडी छनोट एनआरएनएको ८० देशमा रहेको युवा तथा खेलकुद शाखाको छनोट समितिले राम्रो खेल्ने खेलाडीलाई छनोट गरिएको संयोजक सुदन थापाले जानकारी गराए । प्रतियोगिताको लाग्ने खर्च एनआरएनए र आइसीसी र एनसीले बेहोर्ने छ ।
February 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को साविक विजेता ललितपुर सिटी एफसीले अनन्त तामाङलाई मार्की खेलाडीमा निरन्तरता दिएको छ। राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य समेत रहेका डिफेन्डर अनन्तकै कप्तानीमा ललितपुरले एनएसएलको दोस्रो संस्करण जितेको थियो। सामाजिक सन्जालमार्फत ललितपुरले शुक्रवार अनन्तलाई निरन्तरता दिएको जनाएको छ। तेस्रो सिजनका लागि मार्कीमा निरन्तरता पाउने अनन्त मात्र खेलाडी हुन्। […]
February 21, 2025
एजेन्सी – ओपनर रायन रिकल्टनको शतक प्रेरित दक्षिण अफ्रिकाले च्याम्पियन्स ट्रफीमा डेब्यु गरेको अफगानिस्तानलाई पराजित गरेको छ । समूह ‘बी’ को शुक्पहिलोकि खेलमा अफगानिस्तानमाथि दक्षिण अफ्रिकाले १ सय ७ रनको जित हात पारेको हो । ३ सय १६ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३.३ ओभरमा २ सय ८ रनमा समेटियो । अफगानिस्तानका रहमत साहले सर्वाधिक ९० […]
February 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सहित विभिन्न देशमा बस्दै आएका १० नेपाली धावक यसै महिना जापानमा आयोजना हुने टोकियो म्याराथनमा भाग लिने भएका छन्। नेपाल, अमेरिका, बेलायत र मकाउमा रहँदै आएका नेपालीले टोकियो म्याराथनमा भाग लिने पक्का भएको बताइएको छ । नेपालमा जुम्ला रारा आइअल्टिच्युट अल्ट्रा लगायतमा सहभागिता जनाई सकेका धावक शम्भु दाहाल सहित मकाउबाट विरु […]