default_image

6 years ago

March 10, 2019

पाँचौ केएनपी राष्ट्रिय महिला भलिबल वैशाखमा

121 views

0 Bookmark

काठमाडौं – पाँचौ केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिता आगामी बैशाख १० देखि १३ गते सम्म हुने भएको छ । आयोजक शेर बहादुर खड्का स्मृति प्रतिष्ठानले आज काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बारे जानकारी गराएको छ ।

प्रतियोगिताको विजेताले २ लाख, उप विजेताले १ र तेस्रो हुने टोलीले रु ५० हजार प्राप्त गर्ने छन् । गत वर्ष विजेताले १ लाख ५० हजार र उप विजेताले ७५ हजार प्राप्त गरेका थिए । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी र शेर बहादुर स्पेशल अवार्डको विजेताले जनही रु १५-१५ हजार पाउने छन् । त्यस्तै विद्यागततर्फ उत्कृष्ट स्काईकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षक जनही ५ हजार प्राप्त गर्ने प्रतिष्ठानका अध्यक्ष अञ्जन खड्काले जानकारी दिए ।

त्यस्तै प्रतियोगिताको प्रत्येक खेलको वुमन अफ द म्याचले पनि नगद ५ हजार र ट्रफी पाउने छन् । प्रतियोगिताको सवोत्कृष्ट खेलाडी र शेर ब. खड्का स्पेशल अवार्डको विजेताले सुलक्स सेन्टरबाट रु ३०/३० हजार बराबरको टिसट घडी पनि पाउने प्रतिष्ठानले जनाएको छ । प्रतियोगिताको अनुमानित लागत २१ लाख रुपैयाँ रहेको छ ।

प्रतियोगिताको मुख्य प्रयोजकको रुपमा जापानको नम्बर वान पेन्ट बहुराष्ट्रिय कम्पनी केएनपी रहने छ । केएनपीका नेपाल प्रमुख मनोज कुमार मिश्र र प्रतिष्ठानकी संरक्षक गमली खड्काले आज सम्झौता पत्रमा हस्ताक्षर गरे । मुख्य प्रयोजक बापत केएनपीले प्रतिष्ठानलाई कति रकमप्रदान गर्ने भन्ने व्यापारीक गोपनियताको कारण देखाउदै केएनपीले खुलाउन चाहेन । अघिल्लो संस्करणमा ६ लाख सहयोग गरेको र यस पटक यो रकमलाई बढाउने बताएको छ । प्रतिष्ठानको अध्यक्ष अञ्जन खड्काले भलिवलमा पनि कर्पोरेट क्षेत्र आउनु राम्रो रहेको बताए ।

प्रतियोगितामा साविक विजेता एपिएफ, होङवान्जी न्युडायमन्ड, नेपाल पुलिस, आर्मी, पश्चिमाञ्चल भलिबल संघ र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र गरि ६ टिमको सहभागिता रहने छ । प्रतियोगिता लिग कम नकाउटको आधारमा सञ्चालन हुने छ । त्रिपुरेश्वर स्थित कभर्डहल निर्माणधिन अवस्थामा रहेको अवस्थामा खेल स्थल कहाँ हुने भन्नेबारे पछि थाहा दिने आयोजकले जनाएको छ । बैशाख ९ देखी १४ गते सम्म हुने प्रतियोगिता अवधिभर खेलाडीको विमा पनि हुने भएको छ ।

February 24, 2025

नेपाल साबा महिला च्याम्पियनसिपको फाइनल पुग्न सकेन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेस्रो साबा महिला च्याम्पियनसिपको समूह चारबाट बाहिरिएको छ । दक्षिण एसियाली बास्केटबल संघ (साबा) को आयोजनामा भारतमा भएको प्रतियोगितामा नेपाल लगातार दोस्रो हार बेहोरेपछि फाइनल पुग्न सकेन । नेपाल लिग चरणको दोस्रो खेलमा माल्दिभ्ससँग ५३-४६ ले पराजित भएपछि समूह चरणबाट नै बाहिरिएको हो । तीन राष्ट्र सम्मिलित प्रतियोगिताको पहिलो खेलमा […]

February 24, 2025

न्युजिल्याण्डविरुद्ध बंगलादेशको मध्यम योगफल

एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ । समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो । बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान […]

February 24, 2025

भुटानको डागा भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल,भद्रपुर डागा युनाइटेड फुटबल क्लब भुटान भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा डागाले एपिएफ फुटबल क्लबलाई ३-२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो। सेमिफाइनलमा भुटानले झापा-११ एफसीको सामना गर्नेछ । काठमाडौंमा आइतवार केपी‌ ओली कप फुटबल […]

Success

Thank you for your time.