default_image

6 years ago

March 6, 2019

सूर्य नेपाल च्यालेन्ज : दोस्रो दिन भुवनलाई अग्रता

149 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भुवनकुमार रोक्काले सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन समग्रमा १ स्ट्रोकको अग्रता लिएका छन् । बुधबारको खेलमा ३ अन्डर ६५ जोडेका भुवनले समग्रमा ४ अन्डर १ सय ३२ अंकसहित शीर्षस्थान कब्जा गरेका हुन् ।

दोस्रो स्थानमा ३ अन्डर १ सय ३३ जोडेका एमेच्योर सुवास तामाङ रहेका छन् । सुवासले दोस्रो सिङ २ अन्डर ६६ स्कोर जोडे । तेस्रो स्थानमा दीपक मगरले इभन पार ६८ सहित १ अन्डर १ सय ३५ बनाएका छन् । संयुक्त चौथो स्थानमा ६ खेलाडीले समान इभन पार १ सय ३६ स्कोर जोडेका छन् । जयराम श्रेष्ठ, रामे मगर, प्रदिपकुमार लामा, रवी खड्का र सूर्यप्रसाद शर्मासँगै एमेच्योर विनोद तामाङ शीर्ष ९ मा रहेका छन् ।

दशौँ स्थानमा अघिल्लो दिन शीर्षस्थानमा रहेका संजय लामाले समग्रमा १ ओबह्र १ सय ३७ स्कोर जोडेका छन् । उनले दोस्रो दिन ३ ओभर ७१ स्कोर जोडे । प्रतियोगितामा ३३ व्यावसायिक र ९ एमेच्योरसहित ४२ गल्फरको सहभागिता रहेको छ । शीर्ष २१ व्यावसायिक र शीर्ष ६ एमेच्योरले अन्तिम दुई दिनका लागि कट बनाएका छन् ।

प्रतियोगिताको कुल पुरस्कार राशी ४ लाख ४१ हजार रुपैयाँ रहेको छ । विजेताले ८४ हजार रुपैयाँ प्राप्त गर्दा उपविजेताले ५३ हजार र तेस्रो स्थान हासिल गर्नेले ३७ हजार प्राप्त गर्नेछन् । शीर्ष २१ व्यावसायिक गल्फरले नगद पुरस्कार पाउनेछन् ।

March 30, 2025

बायर्नको अर्को जित

एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अर्को जित निकालेको छ । बायर्नले शनिवार सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ र अर्को गोल ह्यारी केनले गरे । पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे । बायर्नले १७औं मिनेटमा केनको गोलबाट […]

March 30, 2025

घरमै बलिङ मेसिन राखेर आफूलाई निखारेका किरण

भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]

March 30, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लियोनल मेसीले गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित हात पार्यो । चेस स्टेडियममा भएको खेलमा मियामीको जितमा रोबर्ट टेलरले अर्को गोल गरे । फिलाडेल्फियाका डेनियल गजडागले गोल गरे । खेलको २३औं मिनेटमा टेलरको गोलमा मायमीले […]

Success

Thank you for your time.