6 years ago
February 25, 2019
काठमाडौं(हाम्रो खेलकुद)- नेपाल तेक्वान्दो संघले आठौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपका पदक विजेता विक्रम श्रेष्ठलाई सोमबार नगदसहित सम्मान गरेको छ ।
उनीसंगै प्रशिक्षक कविराज नेगी लामालाई पनि संघले नगदसहित सम्मान ग¥यो । विक्रमलाई ३० हजार र लामालाई १० हजार नगदसहित प्रशंसा पत्र प्रदान गरियो ।
टर्कीको एन्टिल्यामा फेब्रुअरी ५ देखि ६ तारिखसम्म भएको प्रतियोगितामा विक्रमले पी– ३२ क्याटगोरीको पुरुष एकल पुम्सेमा कांस्य जितेका थिए । विक्रमको स्पर्धामा नौ राष्ट्रका त्यत्ति नै खेलाडी सहभागी थिए । मोरोक्कोका खेलाडीलाई पराजित गरेका विक्रम इटालीका खेलाडीसंग भने चुकेका थिए ।
उक्त प्रतियोगिता विक्रमको ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो । नेपालले पारा तेक्वान्दोको पुम्से स्पर्धामा पदक जितेको पनि पहिलो हो । सोही अवसरमा प्रतियोगितामा सहभागी अर्की खेलाडी पलेशा गोबद्र्धन र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।
त्यसै कार्यक्रममा पारा तेक्वान्दोका नयाँ खेलाडी लोकराज बस्नेत, सुवासचन्द्र राई र विदिता खनाललाई प्रोत्साहन स्वरुप ट्रयाकसुट प्रदान गरिएको थियो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं प्रदेश ३ खेलकुद परिषद्का संयोजक सुदील शाहीले खेलाडी र प्रशिक्षकलाई सम्मान गर्दै पारा तेक्वान्दोको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]
March 13, 2025
हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]