6 years ago
February 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सुष्मा कोइरालाले वार्षिक लेडी क्याडी प्रतियोगिता २०१९ को उपाधि जितेकी छिन् । उनले उपाधिसहित १० हजार रुपैयाँ प्राप्त गरिन् ।
आइतबार रोयल नेपाल गल्फ क्लबमा भएको खेलमा सुष्माले ८९ स्कोरका साथ १३ स्ट्रोकले अगाडी रहँदै उपाधि जितेकी हुन् । उनले फ्रन्ट नाइनमा ४५ तथा ब्याक नाइनमा ४४ स्कोर ल्याइन । दोस्रो स्थानकी रविना श्रेष्ठले १ सय २ अंक जोड्दै ७ हजार रुपैयाँ प्राप्त गरिन् । तेस्रो स्थानमा तारा कार्कीले १ सय ५ अंक जोड्दै ६ हजार रुपैयाँ पाइन् ।
चौथो स्थानकी गीता तामाङ (११३) ले ५ हजार रुपैयाँ प्राप्त गर्दा पाँचौ स्थानकी पार्वती सुवेदी (११७) ले ४ हजार रुपैयाँ पाइन । संगीता श्रेष्ठ (१२३) र कविता महर्जन (१२७) छैटौं र सातौं हुँदै क्रमश: ३ हजार ५ सय र २ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।
रविना श्रेष्ठले लंगेस्ट ड्राइभ प्रहार गर्दै ५ सय रुपैयाँ हात पार्दा निर्जला ठकुरी, रन्जु बाख्रेल र गीता घिमिरेले सान्त्वना पुरस्कारस्वरुप १-१ हजार रुपैयाँ पाए ।
March 30, 2025
एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अर्को जित निकालेको छ । बायर्नले शनिवार सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ र अर्को गोल ह्यारी केनले गरे । पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे । बायर्नले १७औं मिनेटमा केनको गोलबाट […]
March 30, 2025
भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]
March 30, 2025
एजेन्सी – कप्तान लियोनल मेसीले गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित हात पार्यो । चेस स्टेडियममा भएको खेलमा मियामीको जितमा रोबर्ट टेलरले अर्को गोल गरे । फिलाडेल्फियाका डेनियल गजडागले गोल गरे । खेलको २३औं मिनेटमा टेलरको गोलमा मायमीले […]