6 years ago
February 11, 2019
काठमाडौं (हाम्रो खेलकुद) – साविकको विजेता विभागीय टोली नेपाल एपीएफ क्लब र उपविजेता होङ्गान्जी न्यु डायमन्ड एकेडेमी तेस्रो संस्करणको दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
पर्वतको सदरमुकाम कुश्मामा सोमबारबाट शुरु भएको प्रतियोगितामा एपीएफ समूह ‘ए’ बाट विजेता तथा न्यु डायमन्ड समूह ‘बी’ बाट विजेताको रुपमा अन्तिम चारमा पुग्न सफल भएको हो । एपीएफले सोमबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशलाई समान ३–० को सोझो सेटमा पराजित गर्दै समूह विजेता बन्यो ।
पहिलो खेलमा आर्मीलाई २५–७, २५–२३ र २५–१५ ले सहजै पन्छाएको एपीएफले दोस्रो खेलमा गण्डकी प्रदेशलाई २५–७, २५–१३ र २५–१९ ले पराजित गर्दै समूह विजेता बन्यो । यो समूहबाट पुलिस र गण्डकी प्रदेशमध्ये एक टोली सेमिफाइनलमा स्थान बनाउनेछ । यी दुई टोलीबीचको खेल मंगलबार हुनेछ ।
सोमबारै भएको अर्काे खेलमा न्यु डायमन्डले विभागीय नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह विजेता बन्यो । एकपक्षीय बनेको खेलमा डायमन्डले पहिलो सेटमा डायमन्डले २५–१४ को सहज जित निकालेको थियो । केही रोमाञ्चक बनेको दोस्रो सेट डायमन्डले २५–२० र तेस्रो सेट २५–१५ को सहज जित निकाल्यो । पराजित भएपनि पुलिस समुह उपविजेताको रुपमा अन्तिम चारमा पुग्न सफल भयो । पुलिसले फाइनल प्रवेशका लागि समूह ‘ए’ को विजेता एपीएफसँग खेल्नेछ ।
प्रतियोगितामा तीन विभागिय टोली त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी क्लब, नेपाल एपिएफ क्लबसहित न्यू डायमन्ड एकेडेमी र गण्डकी प्रदेश गरी ५ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरि लिग कम नकआउटका आधारमा खेलाइनेछ । समूहका शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ हात पार्नेछ । दोस्रो हुनेले १ लाख र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधातर्फको स्पाइकर, क्वीकर, ब्लकर, सर्भर, सेटर, डिफेन्डर र प्रशिक्षकले जनही ५–५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
रेडियो दिदीबहिनी एफएम ९५.२ मेघाहर्जको नवौं वार्षिकोत्सवका अवसरमा तथा ११औं गण्डकी प्रदेश स्तरीय महिला महोत्सवको अवसरमा प्रतियोगिता भएको हो । प्रतियोगिता फागुन १ गतेसम्म चल्नेछ ।
November 25, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘बी’ डिभिजन लिगको मिति सार्वजनिक गरेको ४ दिनपछि १४ मध्ये १० क्लबले एकलौटी निर्णय लाद्न खोजेको आरोप लगाएका छन्। ३ वर्षअघिको बी लिगको बक्यौता रकम नपाएसम्म लिग नखेल्ने उनीहरुले सामूहिक रुपमा अडान राख्दै प्रेस विज्ञप्ति जारी गरेका छन्। मंसिर ६ गते एन्फा र क्लबका […]
November 25, 2024
एजेन्सी – वैभव सुर्यवंशी इण्डियन प्रिमियर लिग(आइपिएल) को जारी अक्सनमा राजस्थान रोयल्समा अनुबन्ध भएका छन् । जारी २०२५ को आइपिएलको मेगा अक्सनको दोस्रो दिनमा १३ वर्षीय क्रिकेटर बिक्री भएका हुन् । अक्सनमा वैभवको न्यूनतम मूल्य ३० लाख रुपैयाँ रहेको थियो । तर उनी अन्त्यमा १ करोड १० लाख भारतीय रुपैयाँमा (१ करोड ७६ लाख नेपाली […]
November 25, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय बीच भलिबल प्रतियोगिता माघमा सिन्धुपाल्चोकको सुकुटेमा हुने भएको छ। नेपाल भलिबल संघको संयोजन, जिल्ला भलिबल संघ सिन्धुपाल्चोक र सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको आयोजना तथा व्यवस्थापनमा माघ १ गते देखि ५ गतेसम्म प्रतियोगिता आयोजना हुने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। त्यो बीच भलिबल महिलातर्फको सातौं र पुरुषतर्फको आठौं संस्करण हुनेछ। […]