6 years ago
February 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशले चौथो रामेछाप मेयर कप सिभिल च्याम्पियनसिपको उपाधि हात पारेको छ । रामेछापको सदरमुकाम मन्थली बजारमा आइतबार भएको फाइनल खेलमा गण्डकीले नमुनादीप युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।
शनिबारै फाइनल हुने भनिएपनि वर्षाका कारण खेल आइतबारको लागि सारिएको थियो । गण्डकीले नमुनादिप युवा क्लबलाई २५–२२, २५–२१ र २५–१८ ले पराजित गर्यो । च्याम्पियन बनेसँगै गण्डकीले ३ लाख रुपैयाँ र उपविजेता नमुनदीपले २ लाख रुपैयाँ हात पारे ।
आइतबार नै भएको तेस्रो स्थानको खेलमा शान्तीदिप युवा क्लबले प्रदेश १ लाई २५–२३, २०–२५, २५–१५, २३–२५, १६–१४, ले पराजित गर्यो । तेश्रो भएको शान्तिदीप युथ क्लबले १ लाख रुपैयाँ पायो ।
प्रतियोगितामा गण्डकी प्रदेशका कप्तान हरि पाण्डे उत्कृष्ट खेलाडी घोषित भए । पाण्डेले १५ हजार रुपैयाँ प्राप्त अग्रे । नमुनादिपका कुल बहादुर थापा उत्कृष्ट स्पाइकर तथा शान्तीदीपका प्रताप खवास उत्कृष्ट सर्भर भए । अन्य चार ब्यक्तिगत विधाका पुरस्कार गण्डकी प्रदेशनको नाममा रह्यो । राजकुमार गुरुङ उत्कृष्ट प्रशिक्षक, राजन दर्लामी उत्कृष्ट लिबरो, सुजन चोखाल उत्कृष्ट सेटर र बलीराम चौधरी उत्कृष्ट ब्लकर भए । व्यक्तिगत विधातर्फका विजेताले जनही १०–१० हजार रुपैयाँ हात पारे ।
विजयी टोली तथा खेलाडीहरुलाई प्रमुख अतिथि तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेल र मन्थली नगरपालिकाका प्रमुख रमेस बस्नेत लगायत अतिथीले पुरस्कार प्रदान गरे । रामेछाप जिल्ला खेलकुद विकास समितीको आयोजनामा सञ्चालित प्रतियोगिता २२ माघ बाट सुरु भएको थियो ।
कुल ७ लाख २५ हजार पुररस्कार राशी रहेको प्रतियोगितामा ६ प्रादेशिक टोलीसहित रामेछापका तीन सहित १० टोलीको सहभागिता रहेको छ । प्रतियोगितालाई मन्थली नगरपालिका मुख्य सह–आयोजक र मुख्य प्रायोजक रहेको छ । रामेछापका अरु १ नगरपालिका र ६ गाँउपालिका सह–आयोजकको रुपमा रहेको थियो । गत संस्करणमा सुदुरपश्चिमको टोलीले उपाधि जितेको थियो भने शान्तीदिप युवा क्लब उपविजयी भएको थियो ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]
February 23, 2025
हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]