default_image

6 years ago

February 8, 2019

महिलातर्फ आर्मी टिम च्याम्पियन

118 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबको महिला टोलीले वीर गणेशमान राष्ट्रिय बक्सिङ प्रतियोगितामा टिम च्याम्पियनको उपाधि जितेको छ । आर्मीले ६ तौल समूहमा तीन स्वर्ण, २ रजत र १ कांस्यसहित महिलातर्फ दबदबा कायम गर्दै उपाधि जितेको हो ।

शुक्रबार वसन्तपुर डबलीमा भएको फाइनल खेलमा आर्मीका लागि ६०-६४ केजी तौल समूहमा पुनम रावल, ५४-५७ केजीमा चन्द्रकला थापा र ५१-५४ केजीमा मिनु गुरुङले स्वर्ण पदक हासिल गरे । पुनमले एपीएफकी सरस्वती रानालाई पराजित गर्दा चन्द्रकलाले एपीएफकै सुलभ थापामगरलाई हराइन् । मिनुले नेपाल पुलिस क्लबकी निशा तामाङलाई पराजित गरिन् ।

एपीएफका लागि संगीता सुनारले र माला राईले स्वर्ण हात पारे । संगीताले ५७-६० केजी तौल समूहमा आर्मीकी सविना श्रेष्ठलाई हराइन् । मालाले ४८-५१ केजीमा आर्मीकै विमला श्रेष्ठलाई पराजित गरिन् । ४६-४८ केजी तौल समूहमा पुलिसकी दिवाना शेर्माले आफ्नो विभागका लागि एकमात्र स्वर्ण जित्ने क्रममा प्रदेश ५ की सुशिला थापालाई हराइन् ।

आर्मीकी पुनम रावल

यसैगरी पुरुषको सेमिफाइनल चरणका खेल पनि शुक्रबार सम्पन्न भए । ४९ केजीमा एपीएफक प्रदीप महर्जनले प्रदेश ७ का भानु विष्ट तथा आर्मीका सुशील थापाले प्रदेश ६ का मोहन गुरुङलाई हराए । आर्मीकै प्रेम चौधरीले ५२ केजी तौल समूहमा प्रदेश १ का सुलभ राज तुलाधरलाई हराए । एपीएफक विक्रम परियारले पुलिसका चन्द्रबहादुर थापालाई हराउँदै फाइनलमा स्थान बनाए ।

एपीएफका पुरन राई प्रदेश २ का गणेश थापालाई हराउँदै ५६ केजीको उपाधि भिडन्तमा पुगे । प्रदेश ७ का महेन्द्र चन्दलाई हराएका आर्मीका विमल रोकाले पुरनसँग फाइनलमा खेल्नेछन् । ६० केजी तौल समूहमा आर्मीका एकबहादुर घले प्रदेश ५ का गणेश थापामगरबाट वाकओभर पाउँदै फाइनल पुगे । पुलिसका दिनेश श्रेष्ठले एपीएफका प्रकाश लिम्बूलाई हराउँदै एकबहादुरसँग उपाधि भिडन्त पक्का गरे ।

एपीएफकी संगीता सुनार

पुलिसका भुपेन्द्र थापा र एपीएफक सोनाम सार्कीले ६४ केजी तौल समूहको उपाधिका लागि खेल्नेछन् । भुपेन्द्रले आर्मीका सुरेश नेपालीलाई हराउँदा सोनामले प्रदेश ६ का इन्द्र सुनारलाई पाखा लगाए । ६९ केजीमा आर्मीका विष्णुप्रसाद घलेले प्रदेश १ का राजेश गुरुङलाई नकआउट गरे । एपीएफका विकास लामाले प्रदेश ३ का मनिष डंगोललाई हराउँदै उपाधि भिडन्त पक्का गरे ।

७५ केजी तौल समूहमा एपीएफका सुमन कार्की र आर्मीका दिपक श्रेष्ठ फाइनल पुगेका छन् । सुमनले प्रदेश २ क दिवस गुरुङलाई हराउँदा दिपकले प्रदेश ३ का दिवेश भूमिलाललाई नकआउट गरेका थिए । आर्मीका रवी सुनारले प्रदेश ७ का हिक्मत बहादुर शाहीलाई हराउँदै ८१ केजीको फाइनलमा स्थान बनाए । उनलाई प्रदेश ५ का केशर खत्रीले चुनौती दिनेछन् । केशरले प्रदेश ४ का सुसन पुनलाई नकआउट गरेका थिए ।

February 22, 2025

आर्सनल वेस्ट ह्यामसँग पराजित

एजेन्सी – आर्सनलले प्रिमियर लिगको शीर्षस्थानको लिभरपुलसँगको अंक अन्तर घटाउने मौका गुमाएको छ । वेस्ट ह्यामसँग शनिवार १-० ले पराजित भएपछि आर्सनलले लिभरपुलसँगको अन्तर घटाउन सकेन। वेस्ट ह्याले एमेरेट्स स्टेडियममा जितका ४ खेलको पराजित यात्रालाई रोकेको छ। ४४ औं‌ मिनेटमा जारोड बोवेनले गरेको गोलमा वेस्ट ह्यामले जित निकाल्यो । बोवेनको प्रिमियर लिगमा त्यो ५० गोल […]

February 22, 2025

इंग्लिसको शतकमा अस्ट्रेलियासँग इङ्ग्ल्याण्डको हार

एजेन्सी – जोस इंग्लिसको शतकमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डलाई हराउँदै च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात गरेको छ । समूह ‘बी’ को शनिवार भएको खेलमा अस्ट्रेलिया ५ विकेटले विजयी भएको छ । च्याम्पियन्स ट्रफीमा सन् २००९ पछि अस्ट्रेलियाको यो पहिलो जित हो । छैठौं संस्करणको फाइनलमा न्युजिल्याण्डलाई पराजित गर्दै च्याम्पियन बनेयता अस्ट्रेलियाले कुनै खेल जितेको थिएन । च्याम्पियन्स ट्रफीको […]

February 22, 2025

एनएसएलको मिनी अक्सनमा एन्फा पदाधिकारी नै अनुपस्थित

काठमाडौं (हाम्रो खेलकुद)- झन्डै दुई‌ वर्षदेखि सहिद स्मारक ए डिभिजन लिग गर्न नसकेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वको आलोचना हुने गरेको छ। एन्फाले गरेको पछिल्लो ए डिभिजन लिग यता नेपाल सुपर लिग (एनएसएल) लगातार दोस्रो पटक आयोजना गर्ने तयारी जोडतोडले चलिरहेको छ। आंशिक रुपमा घरेलु फुटबलमा आशाको सन्चार गर्न सफल एनएसएलको तेस्रो […]

Success

Thank you for your time.