9 years ago
April 20, 2016
म्याग्दी जलजला परिवारले अष्ट्रेलियामा सम्पन्न तृप्ती फाउण्डेशन कप पुरुष भलिबलको दोश्रो संस्करणको उपाधि जितेको छ ।
म्याग्दी सेवा समिति अष्ट्रेलियाको आयोजनामा अप्रिल १७ मा सम्पन्न भएको फाईनल खेलमा पश्चिम म्याग्दीको जलजला परिवारले बाग्लुङ कम्युनिटिमाथी ३–२ को रोमाञ्चक जित निकालेको थियो । अष्ट्रेलियाको सिड्नी स्थित म्यारिकभिलमा भएको खेलमा बाग्लुङ कम्युनिटीले पहिलो र दोश्रो सेट २५–२२ र २५–२१ ले जितेर २–० को अग्रता लिएको थियो ।
बिजेता टिम जलजलाले उत्कृष्ट पुनरागमन गदै लगातार तीन सेट २६–२४,२५–१४ र १६–१४ ले जित्दै उपाधि माथी कब्जा जमाएको थियो । प्रतियोगिताको सर्वोकृष्ट खेलाडि बिजेता टिमका होम भण्डारी भएका थिए । त्यस्तै बेष्ट स्पाईकरमा बाग्लुङ अर्जुन अधिकारी चुनिए भने बेष्ट सेटरको उपाधि बाग्लुङकै लोक छन्त्यालले जिते । म्याग्दी सेवा समितिका अध्यक्ष हरि रामजालीले आफ्नी छोरी तृप्तीको नामबाट स्थापना गरेको प्रतियोगितामा ७ टिमको सहभागिता रहेको थियो ।
जलजला परिवारका टिम संयोजक तथा समाज सेवी दिपक भण्डारीले जानकारी गराए अनुसार ३ दिने प्रतियोगिताको बिजेता टिमले १ हजार ५ सय डलर,उपबिजेताले ८ सय डलर प्राप्त गरे । सर्वोकृष्ट खेलाडि र बिधागत उत्कृष्टले नगद सहित आकर्षक ट्रफि जितेका थिए ।
March 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको इतिहासमा त्रिभुवन आर्मी क्लबविरुद्ध मधेश प्रदेशले पहिलो पटक जित हासिल गरेको छ । बुधवार भएको खेलमा मधेशले आर्मीलाई ३ विकेटले हराउँदै ऐतिहासिक जित हात पारेको हो । मधेशले आर्मीलाई समग्रमा दोस्रो पटक र पिएम कपमा पहिलो पटक हराएको हो । सन् २०२३ मा पोखरामा भएको […]
March 19, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) को आफ्नो पहिलो खेलमा नियमित कप्तान हार्दिक पाण्ड्याको अनुपस्थितीमा मुम्बई इन्डियन्सको कप्तानी सुर्यकुमार यादवले गर्ने भएका छन् । मुम्बईका मुख्य प्रशिक्षक महेला जयवर्धनेले बुधबार मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा सुर्यकुमारले पहिलो खेलमा कप्तानी गर्ने बताएका हुन् । नियमित कप्तान हार्दिक पाण्ड्यालाई सन् २०२४ को आइपिएलको अन्तिम खेलमा स्लो ओभर रेटका कारण […]
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता विप्लभलाल श्रेष्ठले अप्रत्याशित रुपमा राष्ट्रिय अन्तर्राष्ट्रिय करातेबाट सन्न्यासको घोषणा गरेका छन्। नेपाल कराते महासंघ त्यसमा पनि अध्यक्ष युवराज लामाको व्यवहारप्रति असन्तुष्टि जनाउँदै विप्लभले बुधवार पत्रकार सम्मेलनमार्फत सन्न्यासको घोषणा गरेका हुन्। आफू कराते छाडेर विदेश जाने तयारी गरिरहेको विप्लभले बताए। ‘हवीका रुपमा मैले […]