6 years ago
February 6, 2019
एजेन्सी – न्युजिल्यान्डसँगको तीन टि-२० श्रृंखला अन्तर्गत पहिलो खेलमा पाहुना टोली भारत ८० रनको फराकिलो अन्तरले पराजित भएको छ ।
न्युजिल्यान्डले प्रस्तुत गरेको २ सय २० रनको विशाल लक्ष्य पछ्याउने क्रममा भारत ४ बल बाँकी रहँदा १ सय ३९ रनमा अल आउट भयो । भारतका लागि महेन्द्रसिंह धोनीले ३१ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ३९ रन बनाए । शिखर धवन २९, विजय शंकर २७, क्रुनाल पान्ड्याले २०, कप्तान रोहित शर्मा १, दिनेश कार्तिक ५ तथा ऋषव पन्त र हार्दिक पान्ड्याले समान ४ रनमा आउट भए ।
भारतलाई सस्तैमा रोक्न तिब्र गतिका बलर टिम साउथीले घातक बलिङ गरे । साउथीले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । त्यस्तै मिचेल सेन्टनर, इश सोधी र लकी फर्गुसनको नाममा समान २-२ र डेरिल मिचेलले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको घरेलु टोली न्युजिल्यान्डले २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १९ रन बनाएको थियो । उसका लागि ओपनर टिम सीफर्ट र कोलिन मुनरोले पहिलो विकेटका लागि ८६ रनको साझेदारी गर्दै बलियो सुरुवात दिएका थिए । आक्रमक ब्याटिङ गरेका सिफर्टले ४३ बलमा ७ चौका र ६ छक्का प्रहार गर्दै ८४ रन बनाए । कोलिन मुनरो र कप्तान केन विलियम्सनले समान ३४ रन जोडे ।
त्यस्तै डेरिल मिचेल ८ र रोश टेलरले २३ रनको योगदान दिए । मिचेल सेन्टनर ७ र स्कर्ट कुग्गेलेइजन २० रनमा अविजित रहे । भारतका लागि हार्दिक पान्ड्याले ४ ओभरमा ५१ रन खर्चेर २ विकेट लिए । क्रुनाल पान्ड्या, भुवनेश्वर कुमार, खलिल अहमद र युजवेन्द्र चाहालको नाममा १ विकेट रह्यो ।
यो जितसँगै न्युजिल्यान्डले तीन टि–२० श्रृंखलामा १ – ० को अग्रता लिएके छ । दोस्रो खेल आगमी शुक्रबार हुने छ । पाँच वान डे श्रृंखला ४ –१ ले गुमाएको न्युजिल्यान्डलाई टि–२० सिरीज जित्नै पर्ने दवाव छ ।
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा बासिखोरा रन २०८१ हुने भएको छ । प्रतियोगिता विभिन्न ४ विधामा हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार चैत ३० गते बासिखोरामा हुने प्रतियोगितामा महिला/पुरुष खुला, यु १८, यु १३ र ४० वर्षमाथिको विधा समावेश गरिएको छ । महिला/पुरुष खुला, यु १८ र ४० वर्षमाथिको समूहमा […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा च्यासल युथ क्लबलाई ४-० को हार चखाउँदै प्लानिङ ब्वाइज क्लबले लगातार दोस्रो जित हात पारेको छ। एन्फा कम्प्लेक्समा आज भएको खेलको पहिलो हाफमा दुवै टोलीबाट गोल हुन सकेन । दोस्रो हाफमा भने प्लानिङ ब्वाइजले सानदार प्रदर्शन गर्यो । ५५ औं मिनेटमा सुजन डंगोलले गोलको खाता खोले । […]