6 years ago
January 31, 2019
काठमाडौं (हाम्रो खेलकुद ) – चितवन टाइगर्सले राजधानीमा जारी १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगिता अन्तरगतको दोस्रो राउन्डमा बिहीबार दोहोरो जित निकालेको छ । चितवनले सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेव) र श्रीगाँउ खेलकुद विकास समिति दाङलाई पराजित गर्दै दोहोरो जित निकालेको हो ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा बिहीबार भएको पहिलो खेलमा चितवनले सेवमाथि ३–० का सहज जित निकाल्यो । पहिलो सेट सहजै २५–१५ ल जितेको चितवनले दोस्रो र तेस्रो सेटमा जित निकाल्न निकै संघर्ष गर्नुपरेको थियो । रोमाञ्चक बनेको दोस्रो सेट चितवनले २७–२५ ले आफ्नो पक्षमा पार्दा निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको तेस्रो सेटमा ३१–२९ को संघर्षूर्ण जित निकाल्यो ।
यस्तै चितवनले श्रीगाँउ दाङमाथि ३–२ को रोमाञ्चक जित निकाल्यो । चितवनले सुरुवाती दुई सेट गुमाएर जित निकालेको हो । पहिलो र दोस्रो सेट चितवनले १९–२५, २६–२८ ले गुमाएको थियो । तर, त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै चितवनले लगातार तीन सेट आफ्नो पक्षमा पार्न सफल भयो । तेस्रो सेट २५–५ ले सहजै जितेको चितवनले चौथो सेट २५–१७ ले जित्यो । निर्णायक सेट १५–९ हात पार्न सफल भयो ।
दोहोरो जितसँगै चितवन १४ खेलबाट १३ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । बिहीबार २ खेलमा पराजित भएको सेव ११ अंकसहत छैटौ स्थानमा छ । श्रीगाँउ दाङ ११ खेलबाट ११ अंक जोडेर सातौ स्थानमा रहेको छ । अको खेलमा अपराजित रहेको एपीएफले सेवलाई २५–१२, २५–१५ र २५–२० ले हरायो । जितसँगै एपीएफले ११ खेलबाट ३३ अंक जोडेको छ ।
पुलिसले पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराको चुनौती २५–१८, २५–२१ र २५–८ ले पन्छायो । पश्चिमाञ्चलमाथिको जितसँगै पुलिसको ११ खेलबाट ३० अंक पुगेको छ । सर्वाधिक धेरै अंक हात पार्ने टोली लिगको च्याम्पियन बन्नेछ ।
प्रतियोगिताको विजेताले ३ लाख ५० हजार पाउनेछ दोस्रो हुने टोलीले दुई लाख प्राप्त गर्ने छ । त्यस्तै तेस्रो हुनेले १ लाख, चौथो हुने टोलीले ६० हजार, पाँचौ हुनेले ४० हजार, छैठौं हुनेले ३० हजार र सातौं हुने टोलीले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उदयमान खेलाडी, बर्ष खेलाडी, प्लेयर अफ दि सिरिज र एक जना भाग्यमानि दर्शकले १–१ थान सुजुकी स्कुटर पाउनेछन् । त्यस्तै उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर र उत्कृष्ट प्रशिक्षकले समान ६–६ हजार नगत प्राप्त गर्नेछन् ।
प्रतियोगिता ५ माघबाट २० माघसम्म चल्नेछ । लिग अन्तरगत शुक्रबार चार खेल हुनेछ । पहिलो खेलमा सेव र दाङ, दोस्रो खेलमा पुलिस र आर्मी, तेस्रो खेलमा एपीएफ र पश्चिमाञ्चल तथा चौथो खेलमा आर्मी र दाङबीच प्रतिस्पर्धा हुनेछ ।
अंक तालिका
१. एपीएफ (३३) ११ खेल, २. पुलिस (३०) ११ खेल, ३. आर्मी (२४) १० खेल, ४. पश्चिमाञ्चल (१९) ११ खेल, ५. चितवन टाइगर्स (१३) १४ खेल, ६. सेव (११) १२ खेल, ७..श्रीगाँउ (११) ११ खेल
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा बासिखोरा रन २०८१ हुने भएको छ । प्रतियोगिता विभिन्न ४ विधामा हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार चैत ३० गते बासिखोरामा हुने प्रतियोगितामा महिला/पुरुष खुला, यु १८, यु १३ र ४० वर्षमाथिको विधा समावेश गरिएको छ । महिला/पुरुष खुला, यु १८ र ४० वर्षमाथिको समूहमा […]