9 years ago
April 17, 2016
नेपालगन्ज, बैशाख ४
भारतको रेलवे टोलीले नेपालगन्जमा शनिबार भएको तेस्रो प्रधानमन्त्री कप इन्डो नेपाल महिला भलिबलको उपाधि जितेको छ । रेलवेले एपिएफलाई हराउादै च्याम्पियन बनेको हो । रेलवेले नेपालगन्ज कभर्ड हलमा १९–२५, २५–१९, २५–२३, २५–१६ ले एपिएफलाई पराजित गरेको छ ।
यसैगरी तेस्रो स्थानको लागी भएको खेलमा उत्तर प्रदेशले न्यु डायमन्डलाई हराउादै तेस्रो भयो । उत्तर प्रदेशले खेल २७–२५, २५–२२, २०–२५, १७ –२५ र १५–८ ले हरायो । प्रतियोगितामा न्यु डायमन्ड एकेडेमीकी प्रतिभा माली उत्कृष्ट खेलाडी भइन । यसैगरी अन्य विधामा उत्कृष्ट स्पाइकरको उपाधि, सरस्वती चौधरी, उत्कृष्ट सर्भस एपिएफकै नेविका चौधरी, ब्लकर रेलवेलकी अनुसी घोष, सेटर चम्पा देवी, उत्कृष्ट डिफेन्सको उपाधि डायमन्डकी सलिना श्रेष्ठले पाइन ।
विजयी खेलाडीलाई खानेपानी तथा सरसफाइ राज्य मन्त्री दिनेश चन्द्र यादव, राष्ट्रिय खेलकुद परिषदका कोषाध्यक्ष सुरेन्द्र हमाल, नेपाल ओलम्पिक कमिटीका कोषाध्यक्ष रतन टण्डन, बााके जिल्लाका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्त, नेपालगन्ज उद्योग वाणिज्य महासंघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ र नेपाल भलिबल संघका सचिव तथा आयोजक बााके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरी लगायतले पुरस्कृत गरे । विजयी टोलीले १ लाख १ हजार, दोस्रोले ५१ हजार र तेस्रोले ३१ हजार प्राप्त गरे । उत्कृष्ट खेलाडीले १० हजार प्राप्त गरे । यसैगरी हरेक विद्याको उत्कृष्टले ट्रयाकसुट पाएको बााके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरीले बताए ।
March 8, 2025
चितवन (हाम्रो खेलकुद)- अर्किड इङ्लिस स्कुलले भरतपुर मेयर्स कप इन्टर स्कुल लिग क्रिकेटको उपाधि जितेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको फाइनल खेलमा अर्किडले नारायणी नमुना माविलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रोपटक उपाधि उचालेको हो । ७७ रनको झिनो लक्ष्य अर्किडले २५.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । अर्किडको […]
March 8, 2025
विराटनगर (हाम्रो खेलकुद)- चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपमा सेमिफाइलनमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिवार अन्तिम क्वाटरफाइनलमा एनआरटीलाई २-० ले हराउँदै अन्तिम चार पुगेको हो । चर्च ब्वाइजको लागि रिचर्ड र आकाश राईले गोल गरे। योसँगै गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । यसअघि विभागीय टोली नेपाल पुलिस क्लब र […]
March 8, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो -नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगितामा सरस्वती क्रिकेट एकेडेमीलाई ६ विकेटले हराउँदै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा आज टस जितेर पहिलो ब्याटिङ गरेको सरस्वतीले १७.४ ओभरमा सबै विकेट गुमाउँदै ७९ रन बनाएको थियोे । सरस्वतीका लागि शौरभ ढकालले २० बल खेल्दै सर्वाधिक १८ […]