default_image

6 years ago

January 25, 2019

पश्चिमाञ्चलको दोहारो जित, एपीएफसँग पुलिसको अंक बराबरी

110 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराले राजधानीमा जारी जारी १४औं संस्करणको रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा शुक्रबार दोहोरो जित निकालेको छ ।

आफ्नो पहिलो खेलमा सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेव) सँग ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित भएको पश्चिमाञ्चलले बिहीबार थाहा नगरपालिका मकवानपुर र श्रीगाँउ खेलकुद विकास समिति दाङलाई पराजित गर्दै दोहोरो जित निकालेको हो । पश्चिमाञ्चलले थाहा नगरपालिकामाथि २५–३, २५–६ र २५–११ को सोझो सेटमा तथा श्रीगाँउ दाङमाथि २५–१४, २५–१४ र २५–१० को सहज जित निकाल्यो । जितसँगै पश्चिमाञ्चलले तीन खेलबाट ७ अंक जोडेको छ ।

शुक्रबारै भएको अर्काे खेलमा विभागीय नेपाल पुलिस क्लबले आयोजक ढोरपाटन क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै शीर्षस्थानमा रहेको एपीएफसँगको अंक बराबरी गरेको छ । अपराजित रहेको पुलिसले ५ खेलबाट १५ अंक जोडेको छ । अपराजित नै रहेको एपीएफको पनि १५ अंक नै छ । पुलिसले ढोरपाटनलाई २५–८, २५–३ र २५–२ ले पराजित ग¥यो ।
शुक्रबारै भएको अर्काे खेलमा सेवले चितवन टाइगर्समाथि २५–२३, २५–२१ र २५–१४ को सहज जित निकाल्यो । सेवसँग पराजित भएको चितजन टाइगर्सले थाहा नगरपालिकालाई २५–१३, २५–११ र २५–१२ को जित निकाल्यो ।

आठौं स्थान हात पारेको थाहा नगरपालिका मकवानपुरलाई शुक्रबारै १० हजार रुपैयासहित बिदाई गरिएको छ ।डबल लिगको आधारमा हुने प्रतियोगिता अन्तरगत शनिबार पाँच खेल हुने आयोजकले जनाएको छ ।
९ टोलीको सहभागिता रहेको प्रतियोगिताको दोस्रो चरणमा ७ टोलीले स्थान बनाउनेछन् । यि टोलीहरुबाट धेरै अंक हात पार्ने टोली लिगको च्याम्पियन बन्नेछ । प्रतियोगिताको विजेताले ३ लाख ५० हजार पाउनेछ दोस्रो हुने टोलीले दुई लाख प्राप्त गर्ने छ । त्यस्तै तेस्रो हुनेले १ लाख, चौथो हुने टोलीले ६० हजार, पाँचौ हुनेले ४० हजार, छैठौं हुनेले ३० हजार र सातौं हुने टोलीले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उदयमान खेलाडी, बर्ष खेलाडी, प्लेयर अफ दि सिरिज र एक जना भाग्यमानि दर्शकले १–१ थान सुजुकी स्कुटर पाउनेछन् ।
त्यस्तै उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर र उत्कृष्ट प्रशिक्षकले समान ६–६ हजार नगत प्राप्त गर्नेछन् । प्रतियोगिता ५ माघबाट २० माघसम्म चल्नेछ ।

अंक तालिका
१. एपीएफ (१५) पाँच खेल
२. पुलिस (१५) पाँच खेल
३. आर्मी (१२) पाँच खेल
४.सेव (११) ८ खेल
५.श्रीगाँउ (९) ७ खेल
६. पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ (७) ३ खेल
७. चितवन टाइगर्स (३) ३ खेल
८.थाहा (३) ८ खेल
९. ढोरपाटन (०) ६ खेल

March 18, 2025

साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]

March 18, 2025

सिंगापुर र मलेसिया जाने फुटबल टिमको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]

March 18, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]

Success

Thank you for your time.