6 years ago
January 23, 2019
काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी १४औं संस्करणको रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगिताको आजको सबै खेल स्थगित भएको आयोजक ढोरपाटन क्लबले जनाएको छ ।
वर्षाका कारण कोर्ट हिलाम्य भएका कारण आजको सबै खेल स्थगित गर्नु परेको क्लबका अध्यक्ष मनवीर छन्त्यालले हाम्रो खेलकुदलाई जानकारी गराए । प्रतियोगिताको पाँचौ दिन आज पाँच खेल हुने तालिका रहेको थियो । तर, मंगलबार रातिबाटै पानी परेका कारण खेल प्रभावित हुन पुगेको आयोजकले जनाएको छ ।
अध्यक्ष छन्त्यालले आजको खेल अर्काे कुनै दिन हुने र भोलिबाट नियमित तालिकाकै खेल हुने जानकारी गराए । पहिलो खेलमा पुलिस र थाहानगरपालिका, दोस्रो खेलमा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ र सेव, तेस्रो खेलमा चितवन टाइगर्स र थाहा नगरपालिका, चौथो खेलमा खेलमा नेपाल पुलिस क्लब र आर्मी तथा पाँचौ खेलमा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ श्रीगाँउ दाङबीच खेल हुने तालिका थियो ।
पाँचौ दिनको खेल सकिदा ४ खेलबाट १२ अंक जोडेर शीर्षंस्थानमा रहेको छ । ३ खेलबाट ९८ अंक जोडेको साविकको विजेता एपीएफ दोस्रो स्थानमा रहेको छ । ६ खेलबाट ९ अंक जोडेको दाङ तेस्रो तथा तीन खेलबाट ६ अंक जोडेको पुलिस चौथो स्थानमा रहेको छ । सेव पाँचौ, थाहा नगरपालिका छैटौ तथा अंकविहीन आयोजक ढोरपाटन सातौ स्थानमा रहेको छ । लिगमा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ र चितवन टाइगर्सले खेल्न बाँकी छ ।
प्रतियोगिता माघबाट १९ माघसम्म चल्नेछ ।
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]