9 years ago
April 15, 2016
काठमाडौं – मध्यपश्चिममा प्रधानमन्त्री कप जारी रहँदा पूर्वको झापामा भने तेस्रो राष्ट्रिय पुरुष लिग भलिबलको सेमिफाइनल समिकरण पुरा भएको छ ।
अन्तिम चारमा विभागिय टोलीको बहुल्यता रहेको छ । सेमिफाइनल पुग्ने चारमध्ये तीन टोली विभागकै छन् ।
नेपाल पुलिस, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी र पश्चिमाञ्चल भलिवल संघ अन्तिम चारमा प्रवेश गरेका छन् । तीनै विभागले समान ६ अंक र पश्चिमाञ्चल ५ अंक जोड्दै सेमिफाइनलको यात्रा तय गरेका हुन् ।
शुक्रबार आर्मी र एपिएफले दुई दुई खेल जिते । ढोरपाटनलाई २५–१३, २५–१२, २५–१९ ले हराउँएको एपिएफले अर्को खेलमा जाउलाखेललाई २५–११, २५–१५,२५–२३ ले निराश पार्यो ।
आर्मीले मध्यमाञ्चललाई २५–१२, २५–१४,२५–२१ ले र पूर्वाञ्चललाई २५–१२, १५–१२ र २५–२० ले हरायो ।
शुक्रबार पहिलो खेलमा नेपाल पुलिसले जाउलाखेल क्लबलाई २६–२४, २५–२१, २५–१६ ले हराउँदै विजयी टोलीका इम राना म्यान अफ दि म्याच भए । नेपाल पुलिसका इम राना घोषित भए ।
अर्को खेलमा पश्चिमाञ्चलले पूर्वाञ्चललाई २५–१८, २५–९, १२–२५, २३–२५,१५–१० ले पराजित गर्यो ।
March 8, 2025
चितवन (हाम्रो खेलकुद)- अर्किड इङ्लिस स्कुलले भरतपुर मेयर्स कप इन्टर स्कुल लिग क्रिकेटको उपाधि जितेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको फाइनल खेलमा अर्किडले नारायणी नमुना माविलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रोपटक उपाधि उचालेको हो । ७७ रनको झिनो लक्ष्य अर्किडले २५.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । अर्किडको […]
March 8, 2025
विराटनगर (हाम्रो खेलकुद)- चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपमा सेमिफाइलनमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिवार अन्तिम क्वाटरफाइनलमा एनआरटीलाई २-० ले हराउँदै अन्तिम चार पुगेको हो । चर्च ब्वाइजको लागि रिचर्ड र आकाश राईले गोल गरे। योसँगै गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । यसअघि विभागीय टोली नेपाल पुलिस क्लब र […]
March 8, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो -नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगितामा सरस्वती क्रिकेट एकेडेमीलाई ६ विकेटले हराउँदै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा आज टस जितेर पहिलो ब्याटिङ गरेको सरस्वतीले १७.४ ओभरमा सबै विकेट गुमाउँदै ७९ रन बनाएको थियोे । सरस्वतीका लागि शौरभ ढकालले २० बल खेल्दै सर्वाधिक १८ […]