default_image

6 years ago

January 18, 2019

न्यु डायमन्डले ढोरपाटन महिला डबल लिग भलिबल नखेल्ने

94 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – महिला भलिबलमा दर्शकको पहिलो रोजाईको चर्चित टोली न्यु डायमन्ड एकेडेमीले ढोरपाटन महिला डबल लिग भलिबल नखेल्ने निर्णय गरेको छ ।


एकेडेमीका प्रिन्सिपल तथा प्रशिक्षक कुमार राईले न्यु डायमन्ड एकेडेमीले विद्यार्थीको अध्ययनलाई मध्यनजर गर्दै ढोरपाटन महिला डबल लिग भलिबल नखेल्ने निर्णय गरेको हाम्रो खेलकुदलाई जानकारी गराए । ‘ढोरपाटन लिग नखेल्नुमा व्यक्तिगत कुनै रिसिवी छैन । हामीले विद्यार्थीको अध्ययनलाई मध्यनजर राख्दै लामो समयसम्म चल्ने ढोरपाटन लिग नखेल्ने निर्णय गरेका हौं,’ प्रशिक्षक राईले हाम्रो खेलकुदलाई भने, ‘मेरो सेट टिमको ३ विद्यार्थी एसईईं परीक्षाको तयारीमा छ । उनीहरुको पढाईलाई हामी बिथोल्न चहादैनौ । भलिबलमा ढोरपाटन लिग मात्रै हैन । हामीले अन्य धेरै प्रतियोगिता पनि खेल्नुछ । ढोरपाटनमा १५ दिन, अन्य प्रतियोगिता कम्तीमा एक साताको हुने गर्दछ । यसले विद्यार्थीको अध्ययनमा बाधा आउने देखियो । हामीले आयोजकलाई दुई वर्ष अघि देखि नै प्रतियोगिताको अवधि घटाउन बराम्बार आग्रह गर्दा पनि उहाँहरुले हाम्रो कुरालाई सुनुवाई गर्नुभएन । त्यसैले हामीले प्रतियोगिता नै नखेल्ने निर्णय गरेका हौं ।
यस्तै प्रशिक्षक राईले आगमी दिनमा पनि प्रतियोगिताको अवधि नघटाए ढोरपाटन भलिबलमा सहभागिता नै नजनाउने बताए ।
‘५ दिन पहिलो लिग र ५ दिन दोस्रो लिग गराउन आग्रह गरेका थियो । अर्काे विकल्पमा चौथो हुनेसम्मको टोलीलाई पहिलो लेग नखेलाउने र पहिलो लेगबाट शीर्ष ३ टोली छनोट गरी ७ टोलीबीच दोस्रो लिग खेलाउनको लागि पनि आग्रह गरेका थियौं र तर, हाम्रो कुरा उनीहरुले सुन्दै सुनेन । प्रशिक्षक राईले भने ।
ढोरपाटन डबल लिग भलिबल माघ ५ गतेबाट १९ गतेसम्म हुदैछ । न्यु डायमन्ड दोस्रो देखि १३औं संस्करणसम्मको लगातार सहभागी टोली हो । ढोरपाटनको उपाधि जित्न नसकेको न्यु डायमन्डले दर्शकको मन जित्न सफल टोली हो ।
आयोजक ढोरपाटनले बिहीबार मात्रै पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएको थियो । ढोरपाटन क्लबका अध्यक्ष मनवीर छन्त्यालले न्यु डायमण्डले प्रतियोगिता खेल्न आउनेमा विश्वस्त रहेको बताएका थिए ।

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

Success

Thank you for your time.