default_image

6 years ago

January 18, 2019

एपीएफ सभामुख कपको फाइनलमा

76 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – साविकको विजेता विभागिय टोली नेपाल एपिएफ दोश्रो सभामुख कप महिला राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

फाइलः तस्वीर


एपीएफले घरेलु टोली गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो वर्ष उपाधि नजिक पुगेको हो ।
एपीएफले पहिलो सेटमा २५–८ को सहज जित निकालेको थियो । दोस्रो सेटमा २५–१८ को सहज जित निकालेको एपीएफले तेस्रो सेट २५–११ ले सहजै जित्न सफल भयो ।
अब एपीएफले उपाधिका लागि प्रदेश नम्वर ३ र नेपाल पुलिस क्लबबीचको विजेतासँग खेल्नेछ । फाइनल खेल शनिबार हुने छ ।

January 24, 2025

सनिशको गोलसँगै मच्छिन्द्र सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – डिफेन्डर सनिश श्रेष्ठले इन्ज्युरी समयको अन्तिम क्षणमा पूर्व क्लब एपिएफविरुद्ध गोल गर्दा मच्छिन्द्रले सभापति कप २०८१ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । दशरथ रंगशालामा शुक्रबार साँझ भएको खेलमा मच्छिन्द्रले एपिएफमाथि १-० को जित दर्ता गर्यो । निकै प्रतिस्पर्धात्मक खेलमा सनिशले इन्ज्युरी समयको आठौँ मिनेटमा गोल गरेका थिए । खेल गोलरहित […]

January 24, 2025

निरजलाई पहिलो पटक वेस्टर्न ओपनको उपाधि

पोखरा (हाम्रो खेलकुद) – सूर्य नेपाल वेस्टर्न ओपनको २५औं संस्करणको उपाधि पहिलो पटक निरज तामाङले जितेका छन् । निरजले समग्रमा १-अन्डर २०६ स्कोर जोड्दै जयराम श्रेष्ठलाई तीन स्ट्रोकले हराए । अन्तिम दिन ४-ओभर ७३ को खराब प्रदर्शनका बाबजुद पनि उनले तीन स्ट्रोकको जित निकालेका हुन् । उपाधिसँगै १ लाख ५० हजार जितेका उनको यो करियरको […]

January 24, 2025

एन्फा यु १६ लिग – एपिएफ र सातदोबाटोको जित

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा यु १६ लिगको आजको खेलमा नेपाल एपिएफ क्लब र सातदोबाटो युथ क्लब विजयी भएका छन् । शुक्रवार लिग अन्तर्गत दिनको पहिलो खेलमा थ्री स्टार क्लबमाथि सातदोबाटोले जित हासिल गर्यो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सातदोबाटोले थ्री स्टारमाथि २-१ को जित हात पार्यो । शुक्रवारै भएको दिनको दोस्रो खेलमा एपिएफ क्लबले […]

Success

Thank you for your time.