6 years ago
January 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले ३४ औ संस्करणको बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपको टिम ईभेन्टसमा स्वर्ण पदक जितेको छ।
कुर्मितोला गल्फ क्लबमा बुधबार नेपालका शीर्ष दुई एमेच्योर गल्फर शुक्रबहादुर राई र टंकबहादुर कार्कीको नेपाल ए ले कुल १२ ओभर ३०० स्कोरकासाथ बंगलादेशको बी टिमलाई ३ स्ट्रोकले हराउँदै स्वर्ण जितेको हो। बंगलादेशको बी टिम ३०३ स्कोर सहित दोस्रो र ३०७ स्कोर जोडी बंगलादेशको बी टिम तेस्रो भएका छन ।
दोस्रो चरणको खेलमा टंकले १ ओभर ७३ र शुक्रले ३ ओभर ७५ अंक बनाएसँगै ४ ओभर १४८ को नतिजा निकाल्दै नेपाल स्वर्णको हकदार बनेको हो । पहिलो चरणमा दुवैले ४ ओभर ७६ अंक जोडदा नेपाल दोस्रो स्थानमा थियो । युवा खेलाडी सुवास तामाङ र युवराज भुजेलको नेपाल बी टिम ३३१ अंक सहित छैटौ भए । टिम स्पर्धामा कुल दश टिमको सहभागिता रहेको थियो ।
व्यक्तिगतर्फ युवराज भुजेल बाहेक अन्य चार नेपाली खेलाडीले कट बनाएका छन् । टंक कुल ४ ओभर १४९ को नतिजामा तेस्रो स्थानमा रहँदा लिडर बंगलादेशका सफिक भागा भन्दा ४ स्ट्रोकले पछाडि छन् । सफिक ईभन पार ७२ सहित दोस्रो चरणको समाप्तिमा कुल १ ओभर १ सय ४५ अंक कोस्थितिमा छन् । ३ ओभर १४७ अंक बनाएका पाकिस्तानका अहमद बेग दोस्रो स्थानमा छन् ।
शुक्रबहादुर राई ६ ओभर १ सय ५० अंक सहित छैटौं र सुबास तामाङ १ सय ५४ अंक सहित दशौं स्थानमा रहेका छन् । ग्रसतर्फ टासी घलेले पनि कट बनाए । उनले बुधबार ६ ओभर ७८ र पहिलो दिन ८७ स्कोर गरेका थिए । कट बनाउन नसकेका युवराज भुजेलले ३३ ओभर १७७ अंक बनाए ।
March 30, 2025
एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अर्को जित निकालेको छ । बायर्नले शनिवार सेन्ट पाउलीविरुद्ध ३–२ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लिरोय सानेले २ र अर्को गोल ह्यारी केनले गरे । पाउलीका लागि इलियास साद र लार्स रिट्ज्काले गोल गरे । बायर्नले १७औं मिनेटमा केनको गोलबाट […]
March 30, 2025
भुपेन्द्र जि.सी गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो गर्न नसकेको भए सुदुरपश्चिम प्रदेशका ब्याटर किरण ठगुन्नाको क्रिकेट करिअर समाप्त हुने पक्का जस्तै थियो । प्रदेशले नै उनलाई यो अन्तिम अवसर भनेर काठमाडौं पठाएको थियो । तर उक्त प्रतियोगिताको २ वर्ष नबित्दै किरणले नेपाल ए हुँदै सिनियर राष्ट्रिय टोलीको बाटो बनाएका छन् । सुदूरपश्चिमबाट […]
March 30, 2025
एजेन्सी – कप्तान लियोनल मेसीले गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले शनिवार भएको खेलमा फिलाडेल्फिया युनियनमाथि २-१ को जित हात पार्यो । चेस स्टेडियममा भएको खेलमा मियामीको जितमा रोबर्ट टेलरले अर्को गोल गरे । फिलाडेल्फियाका डेनियल गजडागले गोल गरे । खेलको २३औं मिनेटमा टेलरको गोलमा मायमीले […]