6 years ago
January 16, 2019
पोखरा (हाम्रो खेलकुद) – साविकको विजेता विभागीय नेपाल एपीएफ क्लब र प्रदेश नम्वर ५ पोखरामा जारी दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको समूह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
पोखरास्थित पोखरा रंगशालाको भलिबल कोर्टमा बुधबार भएको खेलमा एपीएफले सुदुरपश्चिम प्रदेशमाथि ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको हो । एपीएफले सुदुरपश्चिम प्रंदेशमाथि २५–४, २५–७ र २५–३ को सहज जित निकाल्यो । यससँगै एपीएफ समूह ‘ए’ को विजेताको रुपमा क्वाटरफाइलमा प्रवेश गर्दा प्रदेश १ समूह उपविजेताको रुपमा अन्तिम आठमा पुग्न सफल भयो ।
अर्काे खेलमा प्रदेश ५ ले कर्णाली प्रदेशमाथि २५–१५, २५–११ र २५–१० को सोझो सेटमा जित निकाल्दै समूह ‘बी’ को विजेताको रुपमा अन्तिम आठमा पुग्न सफल भयो । ये समूहबाट प्रदेश २ उपविजेताको रुपमा अन्तिम आठमा पुग्न सफल भयो ।
बुधबारै भएको अर्काे खेलमा प्रदेश १ ले सुुदुरपश्चिम प्रदेशमाथि ३–२ को रोमाञ्चक जित निकाल्यो । पहिलो सेट २५–१३ ले प्रदेश १ ले जितेको थियो । दोस्रो सेट २५–१५ ले सुदुरले खेल जितेपछि खेल १–१ को बराबरीमा पुगेको थियो । तेस्रो सेट पनि सुदुरले २५–१७ ले आफ्नो पक्षमा पारेपछि सुदुरले खेलमा २–१ को अग्रता बनायो । चौथो सेट प्रदेश १ ले २५–२२ ले जितेपछि खेल २–२ को रोमाञ्चक मोडमा पुगेको थियो । तर, निर्णायक सेट प्रदेश १ ले १५–११ ले आफ्नो पक्षमा पार्दै ३–२ को रोमाञ्चक जित निकाल्यो ।
अर्काे खेलमा प्रदेश २ ले कर्णाली प्रदेशमाथि ३–१ को जित निकाल्यो । प्रदेश २ ले कर्णालीमाथि २५–२३, १०–२५, २५–१० र २५–१६ को सहज जित निकाल्यो ।
प्रतियोगितामा तीन विभागीय टोली र ७ प्रदेश गरी १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा एपिएफ, प्रदेश १ र सुदुरपश्चिम प्रदेश रहेको छ । समूह ‘बी’ मा प्रदेश ५, प्रदेश २ र कर्णली प्रदेश रहेको छ । समूह ‘सी’ मा आर्मी र प्रदेश तीन तथा समूह ‘डी’ मा नेपाल पुलिस क्लब र गण्डकी प्रदेश रहेको छ । हरेक समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछ । प्रतियोगिता माघ ५ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको विजेताले ३ लाख ५० हजार रुपैया हात पार्नेछन् । उपविजेताले १ लाख ७० हजार, तेश्रोले १ लाख र चौथो हुनेले ५० हजार रुपैया हात पार्नेछन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले १० हजार रुपैया हात पार्नेछ । व्यक्तिगत विधातर्फका बेष्ट स्पाईकर, बेष्ट ब्लकर, बेष्ट सर्भर, बेष्ट सेटर, बेष्ट लिवेरो र वेष्ट प्रशिक्षकले जनही ५–५ हजार रुपैया हात पार्नेछन् ।
प्रतियोगिता अन्तरगत बिहीबार क्वाटरफाइनलका खेल हुनेछ । पहिलो खेलमा एपीएफले त्रिभुवन क्लबबीच हुनेछ । दोस्रो खेलमा प्रदेश ५ ले गण्डकी प्रदेशको सामना गर्नेछ । अर्काे खेलमा प्रदेश ३ ले प्रदेश १ सँग खेल्नेछ । क्वाटरफाइनलको अन्तिम खेलमा नेपाल पुलिस क्लब र प्रदेश २ बीच खेल हुनेछ
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]
March 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]