6 years ago
January 15, 2019
पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लब पोखरामा आजबाट शुरु भएको दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको समूह विजेताको रुपमा क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
समूह ‘डी’ मा रहेको पुलिसले गण्डकी प्रदेशमाथि ३–० को सोझो सेटमा जित निकाल्दै समूह विजेताको रुपमा अन्तिम आठमा पुग्न सफल भएको हो । पुलिससँग पराजित भएपनि गण्डकीले समूह उपविजेताको रुपमा अन्तिम आठमा पुग्न सफल भयो ।
पोखरास्थित पोखरा रंगशालाको भलिबल कोर्टमा मंगलबार भएको खेलमा पुलिसले पहिलो सेटमा २५–१९ ले जितेको थियो । दोस्रो सेटमा २५–२० को जित निकालेको पुलिसले तेस्रो सेट २५–१७ ले सहजै आफ्नो पक्षमा पार्न सफल भयो ।
प्रतियोगितामा मंगलबारै भएको अर्काे खेलमा प्रदेश ३ ले विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै क्वाटरफाइनलमा पुग्न सफल हुदा आर्मी समूह ‘सी’ को उपविजेताको रुपमा अन्तिम आठमा पुग्न सफल भयो ।
मंगलबार नै साविकको विजेता नेपाल एपिएफ क्लबले प्रदेश १ माथि २५–३, २५–८ र २५–३ को सहज जित निकालेको थियो । मंगलबारै भएको दोस्रो खेलमा प्रदेश नम्वर ५ ले प्रदेश नम्वर २ माथि २५–१०, २५–१४ र २५–८ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
प्रतियोगितामा तीन विभागीय टोली र ७ प्रदेश गरी १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा एपिएफ, प्रदेश १ र सुदुरपश्चिम प्रदेश रहेको छ । समूह ‘बी’ मा प्रदेश ५, प्रदेश २ र कर्णली प्रदेश रहेको छ । समूह ‘सी’ मा आर्मी र प्रदेश तीन तथा समूह ‘डी’ मा नेपाल पुलिस क्लब र गण्डकी प्रदेश रहेको छ । हरेक समूहका शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछ । प्रतियोगिता माघ ५ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको विजेताले ३ लाख ५० हजार रुपैया हात पार्नेछन् । उपविजेताले १ लाख ७० हजार, तेश्रोले १ लाख र चौथो हुनेले ५० हजार रुपैया हात पार्नेछन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले १० हजार रुपैया हात पाउने छिन् । विधागत उत्कृष्टतर्फ स्पाईकर, ब्लकर, सर्भर, सेटर, लिवेरो र प्रशिक्षकले जनही ५–५ हजार रुपैयाँ हात पार्नेछन् ।
प्रतियोगिता अन्तरगत बुधबार लिगका चार खेल हुनेछ । पहिलो खेलमा प्रदेश १ र सुदुरपश्चिम प्रदेश, दोस्रो खेलमा प्रदेश २ र कर्णाली प्रदेश, तेस्रो खेलमा नेपाल एपिएफ क्लब र सुदुरपश्चिम प्रदेश र चौथो खेलमा प्रदेश ५ र कर्णाली प्रदेशबीच खेल हुनेछ ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय प्रतियोगिताका उप विजेता पुरुषोत्तम सिलवालले श्रीलंका भएको अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा फिडे क्याण्डिडेड मास्टरको टाइटल जितेका छन्। आफ्नै खर्चमा श्रीलंका पुगेका १७ वर्षे पुरुषोत्तमले अन्तर्राष्ट्रिय प्रतियोगितामा ९ चरणको प्रतिस्पर्धा मा ४.५ अंक जोडेर सिएम टाइटल प्राप्त गरेको नेपाल बुद्धिचाल महासंघले जनाएको छ। वर्ल्ड चेस फेडेरेशन (फिडे) र एसियन चेस फेडेरेशन (एसिएफ) को […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद )- उच्च अदालत पाटनले नेपाल ओलम्पिक कमिटी (एनओसी) को बुधवारको लागि तय विशेष साधारण सभा रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। नेपाल उसु महासंघले दायर गरेको रिटमा आज न्यायाधीश खडानन्द तिवारी र सूर्य प्रसाद तिवारीका संयुक्त इजलासले एनओसीको विशेष साधारण रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको हो। अर्को आदेश नआएसम्म साधारण सभा नगर्न […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]