6 years ago
January 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – साविकको विजेता न्यु डायमन्ड एकेडेमी र उपविजेता विभागीय नेपाल एपिएफ क्लब राजधानीमा जारी दोस्रो संस्करणको होङवान्जी न्यु डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
नैकापस्थित न्यु डायमन्ड एकेडेमीको भलिबल कोर्टमा बिहीबार भएको क्वाटरफाइनल खेलमा आयोजक तथा साविकको विजेता न्यु डायमन्डले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा आर्मीले न्यु डायमन्डलाई पहिलो सेटमा कडा चुनौती दिएपनि रोक्न सकेन । न्यु डायमन्डले पहिलो सेट २५–२३ ले जित्न सफल भएको थियो ।
दोस्रो सेटमा निरिह बनेको आर्मीले न्यु डायमन्डलाई २५–१३ ले नतिजा सुम्पदा डायमन्डले खेलमा २–० को अग्रता बनायो । तेस्रो सेटमा डायमन्डले आरामदायी अग्रता बनाएपनि आर्मीले उत्कृष्ट पुनरागमन गर्दै खेललाई रोमाञ्चक बनाएको थियो । तर, न्यु डायमन्डले खेललाई २५–२२ ले आफ्नो पषमा पार्न सफल भयो ।
बिहीबारै भएको अर्काे खेलमा साविकको विजेता एपिएफले पारामाउन्ट स्कुलमाथि ३–० को सहज जित निकाल्दै अन्तिम चारमा पुग्न सफल भयो । एपिएफले पारामाउन्टलाई २५–३, २५–१० र २५–१५ ले पराजित गर्दै सेमिफाइनलमा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबसँगको भेट पक्का गर्यो । बिहीबारै चितवन टाइग्रेसमाथि ३–० को सहज जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो । पुलिसले चितवनमाथि २५–१७, २५–७ र २५–१० को सहज जित निकालेको थियो ।
क्वाटरफाइनलको अन्तिम खेलमा पोखराको टप्स माविले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–१ को सेटमा पराजित गर्दै सेमिफाइनलमा न्यु डायमन्डसँगको भेट पक्का गर्यो । प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलमा टप्सले पहिलो सेट २५–६ ले सहजै आफ्नो पक्षमा पारेपनि दोस्रो सेट २१–२५ ले गुमाउदा खेल १–१ सेटको बराबरीमा पुगेको थियो । तेस्रो सेट टप्सले सहजै २५–१६ ले जितपछि टप्स २–१ ले अघि बढेको थियो । प्रतिस्पर्धात्मक बनेको चौथो सेटमा १८–१८ को बराबरीको अवस्थमा टप्सले उच्च प्रदर्शन गर्दै चौथो सेट २५–१९ ले आफ्नो पक्षमा पार्न सफल भयो ।
सेमिफाइनलका खेल शुक्रबार हुनेछ । पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीच खेल हुनेछ । खेल १ बजे हुनेछ । दोस्रो सेमिफाइनलमा न्यु डायमन्ड र टप्स खेल्नेछ । खेल ३ बजेपछि शुरु हुनेछ । गत मंगलबारबाट सुरु भएको प्रतियोगितामा विभिन्न ८ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको बिजेताले ३ लाख र उपविजेताले २ लाख रुपैयाँ पाँउनेछन । तेस्रो हुने टिमले एक लाख १ हजार र चौथोले ५१ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार रुपैयाँ र ब्यक्तिगत विधाका उत्कृष्टले जनही ५-५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय प्रतियोगिताका उप विजेता पुरुषोत्तम सिलवालले श्रीलंका भएको अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा फिडे क्याण्डिडेड मास्टरको टाइटल जितेका छन्। आफ्नै खर्चमा श्रीलंका पुगेका १७ वर्षे पुरुषोत्तमले अन्तर्राष्ट्रिय प्रतियोगितामा ९ चरणको प्रतिस्पर्धा मा ४.५ अंक जोडेर सिएम टाइटल प्राप्त गरेको नेपाल बुद्धिचाल महासंघले जनाएको छ। वर्ल्ड चेस फेडेरेशन (फिडे) र एसियन चेस फेडेरेशन (एसिएफ) को […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद )- उच्च अदालत पाटनले नेपाल ओलम्पिक कमिटी (एनओसी) को बुधवारको लागि तय विशेष साधारण सभा रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। नेपाल उसु महासंघले दायर गरेको रिटमा आज न्यायाधीश खडानन्द तिवारी र सूर्य प्रसाद तिवारीका संयुक्त इजलासले एनओसीको विशेष साधारण रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको हो। अर्को आदेश नआएसम्म साधारण सभा नगर्न […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]