6 years ago
January 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब दोस्रो सभामुख कप पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् ।
इटहरि रंगशालास्थित भलिबल कोर्टमा आइतबार भएको सेमिफाइनलमा उपाधिको दावेदार आर्मीले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुलिससँगको भेट पक्का गरेको हो ।
आर्मीले गण्डकीमाथि २५–२०, २५–११ र २५–२० को सहज जित निकाल्यो । आइतबारै भएको पहिलो सेमिफाइनलमा पुलिसले अर्काे विभागीय टोली नेपाल एपिएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा पुग्न सफल भएको थियो ।
पुलिसले सुरुवाती दुई सेट २५–१६ र २५–२१ ले सहजै आफ्नो पक्षमा पारेपनि तेस्रो सेट १७–२५ ले गुमाएको थियो । तर, चौथो सेट पुलिसले २५–२१ ले जित्न सफल भयो ।
फाइनल खेल सोमबार हुनेछ । खेल दिउसो १ बजेपछि हुनेछ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली गरी १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ४ लाख, रुपैया र उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्ने छन् । तेस्रो हुनेले १ लाख रुपैयाँ पाउनेछ ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय प्रतियोगिताका उप विजेता पुरुषोत्तम सिलवालले श्रीलंका भएको अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा फिडे क्याण्डिडेड मास्टरको टाइटल जितेका छन्। आफ्नै खर्चमा श्रीलंका पुगेका १७ वर्षे पुरुषोत्तमले अन्तर्राष्ट्रिय प्रतियोगितामा ९ चरणको प्रतिस्पर्धा मा ४.५ अंक जोडेर सिएम टाइटल प्राप्त गरेको नेपाल बुद्धिचाल महासंघले जनाएको छ। वर्ल्ड चेस फेडेरेशन (फिडे) र एसियन चेस फेडेरेशन (एसिएफ) को […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद )- उच्च अदालत पाटनले नेपाल ओलम्पिक कमिटी (एनओसी) को बुधवारको लागि तय विशेष साधारण सभा रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। नेपाल उसु महासंघले दायर गरेको रिटमा आज न्यायाधीश खडानन्द तिवारी र सूर्य प्रसाद तिवारीका संयुक्त इजलासले एनओसीको विशेष साधारण रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको हो। अर्को आदेश नआएसम्म साधारण सभा नगर्न […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]