6 years ago
December 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर अन्तर्गत धरानस्थित निर्भाना कन्ट्री क्लबमा बुधबारदेखि सुर्य नेपाल इस्टर्न ओपन २०१८ सुरु भएको छ । पहिलो दिनको खेलमा नेपाल नम्बर १ शिवराम श्रेष्ठ र रवी खड्का शीर्ष स्थानमा रहेका छन् ।
रवी र शिवराम दुवैले पार-७० को निर्भाना कन्ट्री क्लबमा पहिलो दिन ४ अन्डर ६६ स्कोर जोडे । उनीहरुले तेस्रो स्थानमा रहेका संजय लामा र एमेच्योर शुक्रबहादुर राईभन्दा ४ स्ट्रोकको अग्रता लिएका छन् । संजय र शुक्रले इभन पार ७० स्कोर जोडे । संयुक्त पाँचौ स्थानमा १ ओभर ७१ स्कोर लिएर ४ खेलाडी रहेका छन् । दोस्रो वरियताका भुवन नगरकोटी, विकास अधिकारी, शिवकुमार माझी र थमबहादुर राई पाँचौमा छन् ।
बलभद्र राई र एमेच्योर बबिंद्र राईले २ ओभर ७२ स्कोर जोड्दा रामे मगर र एमेच्योरद्वय शुक्रराज राई र जीवन राई ३ ओभर ७३ स्कोर लिएर खेलिरहेका छन् ।
कुल ५६ गल्फर सहभागी प्रतियोगितामा ३४ व्यवसायिक र २२ एमेच्योरले प्रतिस्पर्धा गरिरहेका छन् । नेपाल व्यवसायिक गल्फर संघको आयोजना र सूर्य नेपाल प्रालिको प्रयोजनमा भएको प्रतियोगिताको दोस्रो चरणपछि २१ व्यवसायिक र ६ एमेच्योर खेलाडीले दोस्रो चरणमा खेल्नेछन् । प्रतियोगिताको कुल पुरस्कार राशी ६ लाख ६१ हजार ५ सय रुपैयाँ रहेको छ । शीर्ष तीन स्थान प्राप्त गर्नेले क्रमश: १ लाख २० हजार, ७७ हजार र ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
March 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- शीर्ष स्थानकोप्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा लगातार तेस्रो जित हात पारेको छ। मध्यपुर युथ एसोसिएसनलाई २-० ले हराउँदै प्लानिङ ब्वाइज शीर्षस्थानमा कायमै रहेको हो। एन्फा कम्प्लेक्समा आज भएको दोस्रो खेलमा प्लानिङ ब्वाइजले ३० औं मिनेटमा अग्रता बनायो। कर्नरमा विशाल दर्जाको हेडर गोलमा परिणत भयो। पहिलो हाफ १-० को नतिजामा […]
March 27, 2025
काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको शतकको बाबजुद प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशसँग पराजित बागमती प्रदेशले चौथो स्थानमा रहँदै प्रतियोगिताको समापन गरेको छ । भैरहवामा बिहीवार सम्पन्न खेलमा बागमतीले मधेशसँग ४ विकेटको हार बेहोरेको हो । हारका बाबजुद नेट रनरेटमा अघि रहेर बागमती प्रदेशले चौथो स्थानमा रहेर प्रतियोगिता सकाएको हो । बागमतीले […]
March 27, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले श्री भगवती क्लबलाई बराबरीमा रोकेको छ । इन्जुरी समयसम्म अग्रतामा रहेको श्री भगवती अन्तिम समयमा गोल खाँदा १-१ को बराबरीमा रोकिएको हो । एन्फा कम्प्लेक्समा भएको खेलको ३१ औं मिनेटमा विक्रान्त नरसिंह रानाले गोल गरे । उनको सुरूवाती प्रयास पोस्टमा लागेपनि रिबाउन्डमा आएको […]