9 years ago
April 8, 2016
काठमाडौं फुटबलका नवयुग श्रेष्ठ र क्रिकेटका राजु रिजालसहित २५ खेलाडी आज भक्तपुरमा सम्मानित हुनेभएको छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजनामा विभिन्न २५ खेलका उत्कृष्ट खेलाडी पुरस्कृत हुन लागेको हो ।
संघले हरेक बर्षको अन्त्यतिर यसरी अलग अलग खेलका बर्षका उत्कृष्ट खेलाडीका रुपमा सम्मानित गर्दै आएको छ । यसै बर्ष नेपाललाई आइसिसी यू १९ मा नेपालले विश्वकपमा सहभागिता जनाउँदा राजुले टोलीको कप्तानी गरेका थिए । उनी बिहीबार मात्र राष्ट्यि टोलीका लागि छनोटमा परेका छन् । नेपालले वैशाख ४ र ६ गते कीर्तिपुरस्थित नामवियाविरुद्ध आइसिसि विश्व क्रिकेट लिग च्याम्पियनसिपका दुई खेल हुनेछन् ।
चोटका कारण टोलीमा सुवास खकुरेल नपरेपछि अब विकेट किपिडको जिम्मा राजुलाई जाने सम्भावना छ, त्यहि खेलमार्फत उनले सिनियर टोलीबाट डेब्यू गर्ने सम्भावना छ ।
नेपालले पछिल्लो पटक फुटबलमा प्राप्त गरेका दुई ठुला सफलाका हिस्सेदार आर्मीका नवयुग पनि सोही कार्यक्रममा सम्मानित हुँदैछन् । माघमा बंगलादेशमा बंगबन्धु कप जित्दा वा गत महिना भारतमा १२ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्दा दुवै पटक नवयुगले नेपालका लागि सबैभन्दा बढी गोल गरेका थिए ।
उनी ती दुई प्रतियोगिताका ३ खेलमा ह्याट्कि समेत गरेका थिए । उनी शुक्रबारमात्र झापामा जारी रमपम झापा गोल्डकपमा सेनाको टोलीबाट खेलेका थिए । आर्मी त्यो प्रतियोगितामो फाइनल पुगेको छ ।
सम्बन्धित खेल संघबाट सिफासिर भइआएका खेलाडीलाई नै खेलाडी संघले पुरस्कृत गर्ने परम्परा छ । हरेक उत्कृष्ट खेलाडीले १० हजार रुपैयासहित अवार्ड पाउनेछन् । क्रिकेट र फुटबलका साथै एथलेटिक्स, आर्चरी, बक्सिङ्ग, ब्याडमिन्टन, बास्केटबल, उसु, तेक्वान्दो, कराते, जुडो, सुटिङ्ग, जिम्न्यास्टिक, लन टेनिस, कुस्ती, सफ्ट टेनिस, भारोत्तोलन, टेबल टेनिस, साईक्लिङ्ग, गल्फ, सेपाक ताक्रो, पौडी, ट्राईयाथलन, फेन्सिङ्ग र र्याफ्टिङ एन्ड क्यानोईङ्गका खेलाडी सम्मानित हुनेछन् ।
सोही अवसरमा गजराज जोशी फाउन्डेशनका तर्फबाट एकजना पुराना खेलाडीलाई आदर्श खेलाडीका रुपमा सम्मानित गर्ने संघले जनाएको छ । वैशाख १२ को विनाशकारी भूकम्पले प्रभाव पारेको जिल्लामध्येको एक भक्तपुरलाई संघले यसपटक आयोजनस्थलका रुपमा छनोट गरेको छ । भक्तपुर दरबार स्क्वार डबलीमा दिउसो ३ बजे सुरु हुने कार्यक्रममा विभिन्न सास्कृति कार्यक्रम समेत रहेको संंघले जनाएको छ । कार्यक्रममा भक्तपुर उपमहानगरपालिाकाले साथ दिएको छ ।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]