6 years ago
December 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – न्यु डायमन्ड कप कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको दोस्रो संस्करण यही पुस अन्तिम साता हुने भएको छ ।
आयोजक न्यु डायमन्ड स्पोर्टस् क्लबले बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता पुस २५ गतेबाट २८ गतेसम्म हुने जानकारी गराएको हो । प्रतियोगितामा ७ देखि ८ क्लबले सहभागिता जनाउने प्रतियोतिा संयोजक कुमार राईले पत्रकार सम्मेलनमा जानकारी गराए ।
न्यु डायमन्डले नेपालको राष्ट्रिय खेल भलिबलको बिकासमा सहयोग पुर्याउने उद्देश्यले एक दशकयता निरन्तर प्रशिक्षण गराइरहेको छ । प्रशिक्षण गराईराख्नु मात्र भलिबल बिकासमा पूर्णता नदेखिएको कारण खेलाडीहरुको क्षमता मापन गर्ने उद्देश्यले तथा नयाँ प्रतिभाहरू अझै जन्माउने उद्देश्यले गतवर्ष देखि प्रतियोगिता आयोजना गरेको संयोजक राईले बताए ।
प्रतियोगितामा सहभागी हुने काठमाडौंबाहिरको टिमलाई आयोजकले खाना र बस्नको लागि प्रबन्ध मिलाउनेछ । काठमाडौंको टिमलाई यातायात खर्च उपलब्ध गराइने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद ३ लाख १ हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले २ लाख १ हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । तेस्रो हुनेले १ लाख १ हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । चौथो हुनेले ५१ हजार रुपैयाँसहित प्रमाणपत्र मात्र प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले १५ हजार रुपैया प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ५–५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको कुल बजेट करिव २३ लाख रुपैयाँरहेको छ ।
गतवर्ष आयोजक न्यु डायमन्डले नेपाल एपीएफ क्लबलाई पराजित गर्दै च्याम्पियन बनेको थियो । प्रतियोगिता नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा हुनेछ ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय प्रतियोगिताका उप विजेता पुरुषोत्तम सिलवालले श्रीलंका भएको अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा फिडे क्याण्डिडेड मास्टरको टाइटल जितेका छन्। आफ्नै खर्चमा श्रीलंका पुगेका १७ वर्षे पुरुषोत्तमले अन्तर्राष्ट्रिय प्रतियोगितामा ९ चरणको प्रतिस्पर्धा मा ४.५ अंक जोडेर सिएम टाइटल प्राप्त गरेको नेपाल बुद्धिचाल महासंघले जनाएको छ। वर्ल्ड चेस फेडेरेशन (फिडे) र एसियन चेस फेडेरेशन (एसिएफ) को […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद )- उच्च अदालत पाटनले नेपाल ओलम्पिक कमिटी (एनओसी) को बुधवारको लागि तय विशेष साधारण सभा रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। नेपाल उसु महासंघले दायर गरेको रिटमा आज न्यायाधीश खडानन्द तिवारी र सूर्य प्रसाद तिवारीका संयुक्त इजलासले एनओसीको विशेष साधारण रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको हो। अर्को आदेश नआएसम्म साधारण सभा नगर्न […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]