default_image

6 years ago

December 19, 2018

आर्मीको दोहोरो जित, एपीएफलाई हेल्प नेपालबाट वाकओभर

124 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आरबिबी एनभिए राष्ट्रिय पुरुष लिग भलिबल प्रतियोगिताको चौथो संस्करण अन्तर्गत बुधबार साविकको विजेता विभागीय त्रिभुवन आर्मी क्लबले दोहोरो जित निकाल्दा अर्काे विभागीय टोली नेपाल एपीएफ क्लबले हेल्प नेपालबाट वाकओभर पाएको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा बुधबार भएको खेलमा आर्मीले मणिमुकुन्द भलिबल क्लब रुपन्देहीमाथि ३–२ को प्रतिस्पर्धात्मक सेटमा जित निकाल्दा पुलिसमाथि भने ३–० को सोझो सेटमा जित निकालेको थियो । पहिलो सेट १७–२५ ले गुमाएको आर्मीले दोस्रो सेट २६–२४ ले आफ्नो पक्षमा पार्दै खेलमा फर्कियो । तेस्रो सेट २४–२६ कै अवस्थामा गुमाएको आर्मी चौथो सेट २५–९ ले सहजै आफ्नो पक्षमा वार्दा निर्णायक सेट १५–२ ले जित्न सफल भयो ।

अर्काे खेलमा आर्मीले पुलिसमाथि २५–१९, २५–२१ र २५–१५ को सहज जित निकाल्यो । आर्मी ५ खेलबाट १२ अंक जोडेर दोश्रो स्थानमा छ । बुधबारै भएको खेलमा नेपाल एपिएफ क्लबले ढोरपाटन क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । एपीएफले ढोरपाटनलाई २५–१२, २५–२१ र २५–१५ ले पराजित गरेको थियो ।

दिनको दोस्रो खेलमा एपीएफले हेल्प नेपालबाट वाकओभर पायो । हेल्प नेपालले नियम विपरित ४ जना विदेशी खेलाडी खेलाएको भन्दै एपएिफले प्रोटेस्ट हालेको थियो । अन्ततः हेल्प नेपालले बाध्य भएर वाक ओभर दिनुपरेको थियो ।

यससँगै एपिएफले ३ अंक जोडेर लिगको शीर्ष स्थानमा उक्लन सफल भयो । एपीएफले ५ खेलबाट १४ अंक जोड्यो । बुधबार नै भएको अर्को खेलमा नयाँ बजार समाज क्लबले जाउलाखेल क्लबलाई २५–१९, २५–१७ र २५–२१ को सोझो सेटमा पराजित गर्यो ।

March 18, 2025

पुरुषोत्तमलाई‌ क्याण्डिडेड मास्टर टाइटल

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय प्रतियोगिताका उप विजेता  पुरुषोत्तम सिलवालले श्रीलंका भएको अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा फिडे क्याण्डिडेड मास्टरको टाइटल जितेका छन्।  आफ्नै खर्चमा श्रीलंका पुगेका १७ वर्षे पुरुषोत्तमले अन्तर्राष्ट्रिय प्रतियोगितामा ९ चरणको प्रतिस्पर्धा मा ४.५ अंक जोडेर सिएम टाइटल प्राप्त गरेको नेपाल बुद्धिचाल महासंघले जनाएको छ। वर्ल्ड चेस फेडेरेशन (फिडे) र एसियन चेस फेडेरेशन (एसिएफ) को […]

March 18, 2025

एनओसीको विशेष साधारण सभा रोक्न अन्तरिम आदेश

काठमाडौं (हाम्रो खेलकुद )- उच्च अदालत पाटनले नेपाल ओलम्पिक कमिटी (एनओसी) को बुधवारको लागि तय विशेष साधारण सभा रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। नेपाल उसु महासंघले दायर गरेको रिटमा आज न्यायाधीश खडानन्द तिवारी र सूर्य प्रसाद तिवारीका संयुक्त इजलासले एनओसीको विशेष साधारण रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको हो। अर्को आदेश नआएसम्म साधारण सभा नगर्न […]

March 18, 2025

मध्यपुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]

Success

Thank you for your time.