default_image

6 years ago

December 18, 2018

एपीएफ र हेल्प नेपालको रोमाञ्चक जित

87 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपीएफ क्लब र हेल्प नेपाल स्पोर्टस् क्लबले पोखरामा जारी चौथो आरबीबी एनभिए पुरुष राष्ट्रिय क्लब लिग भलिबल च्याम्पियनसिपमा रोमाञ्चक जित निकालेका छन् । एपीएफले साविकको विजेता विभागीय टोली त्रिभुवन आर्मी क्लब र हेल्प नेपालले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबमाथि ३–२ को रोमाञ्चक जित निकाले ।

पोखरा रंगशालाास्थित भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा मंगलबार भएको खेलमा एपीएफएफले उपाधिको दावेदार आर्मीमाथि प्रतिस्पर्धात्मक जित दर्ता गर्यो । एपीएफले पहिलो सेटमा आर्मीमाथि २५–२१ को जित निकालेको थियो । दोस्रो सेट आर्मीले २५–१८ ले आफ्नो पक्षमा पारेपछि खेल १–१ सेटको बराबरीमा पुगेको थियो ।

तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पार्दा एपिएफले खेलमा २–१ को सेटमा अघि बढेको थियो । आर्मीले पनि चौथो सेट २५–२० ले जितेपछि खेल २–२ को रोमाञ्चक मोडमा पुगेको थियो । तर, निर्णायक सेटमा एपिएफले आर्मीलाई १५–११ ले पराजित गर्दै खेल ३–२ ले आफ्नो पक्षमा पार्न सफल भयो । रोमाञ्चक जित निकालेको एपिएफको ८ अंक पुग्दा आर्मीको ७ अंक छ ।

मंगलबारै भएको अर्काे खेलमा हेल्प नेपालले विभागीय नेपाल पुलिस क्लबमाथि ३–२ को प्रतिस्पर्धात्मक जित निकाल्यो । हेल्प नेपालले दुई सेटमा पछि परेको स्थिति उल्ट्याएर जित निकालेको हो । हेल्प नेपालले पहिलो र दोस्रो सेट २१–२५ र २०–२५ ले गुमाएको थियो । तर, हेल्प नेपालले उत्कृष्ट पूनरागमन गर्दै तीनै सेटमा जित निकाल्यो ।

प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट हेल्प नेपालले ३१–२९ ले आफ्नो पक्षमा पार्दै खेलमा फर्कने संकेत दिएका थियो । चौथो सेट २५–१९ ले सहजै आफ्नो पक्षमा पारेको हेल्प नेपालले निर्णायक सेट १५–८ ले जित्दै टिमलाई लिगमा तेस्रो जित निकाल्न सफल भयो । लिगमा पुलिसको ४ खेलबाट १० अंक छ । हेल्प नेपालको तीन खेलबाट ७ अंक पुगेको छ ।

अर्को खेलमा मणिमुकुन्द भलिबल क्लब रुपन्देहीले ढोरपाटन क्लबमाथि २५–२३, २५–२० र २५–१६ को सहज जित निकाल्यो ।
लिग अन्तर्गत बुधबार आर्मीले मणिमुकुन्द र पुलिससँग खेल्नेछ । एपिएफले ढोरपाटन र हेल्प नेपालसँग प्रतिस्पर्धा गर्दा जावलाखेल र नयाँ बजारबीच पनि बुधबार नै खेल हुने आयोजकले जनाएको छ ।

March 18, 2025

पुरुषोत्तमलाई‌ क्याण्डिडेड मास्टर टाइटल

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय प्रतियोगिताका उप विजेता  पुरुषोत्तम सिलवालले श्रीलंका भएको अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा फिडे क्याण्डिडेड मास्टरको टाइटल जितेका छन्।  आफ्नै खर्चमा श्रीलंका पुगेका १७ वर्षे पुरुषोत्तमले अन्तर्राष्ट्रिय प्रतियोगितामा ९ चरणको प्रतिस्पर्धा मा ४.५ अंक जोडेर सिएम टाइटल प्राप्त गरेको नेपाल बुद्धिचाल महासंघले जनाएको छ। वर्ल्ड चेस फेडेरेशन (फिडे) र एसियन चेस फेडेरेशन (एसिएफ) को […]

March 18, 2025

एनओसीको विशेष साधारण सभा रोक्न अन्तरिम आदेश

काठमाडौं (हाम्रो खेलकुद )- उच्च अदालत पाटनले नेपाल ओलम्पिक कमिटी (एनओसी) को बुधवारको लागि तय विशेष साधारण सभा रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। नेपाल उसु महासंघले दायर गरेको रिटमा आज न्यायाधीश खडानन्द तिवारी र सूर्य प्रसाद तिवारीका संयुक्त इजलासले एनओसीको विशेष साधारण रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको हो। अर्को आदेश नआएसम्म साधारण सभा नगर्न […]

March 18, 2025

मध्यपुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]

Success

Thank you for your time.