9 years ago
March 28, 2016
काठमाडौं, चैत १५
नेपाल भारात्तोलन संघको तत्वाधनमा नेपालगञ्जमा सुविधासम्पन्न भारात्तोलन एकेडेमी बन्ने भएको छ । अध्यक्ष रतन कुमार टण्डनले नेपालगन्ज रंगशालामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को जग्गामा बन्न लागेको एकेडेमी भुइसहित चार तलाको हुने बताए । भूइ तलामा तालिम तथा फिट्नेस हल हुनेछ ।
यो तलामा १२ प्लेटफर्म बनाइ प्रतियोगिता सञ्चालन गर्न पनि मिल्ने बताइएको छ । पहिलो तलामा १० कोठासहितको महिला होस्टेल र डाइनिङ हल रहने छ । दोश्रो तलामा १२ कोठासहितको पुरुष होस्टेल तथा डाइनिङ हल बन्ने छ । चौथो तलामा ५० जना पढ्न मिल्ने हल र पुस्तकालय निर्माण गरिने योजना रहेको भारोत्तोलन संघले जनाएको छ ।
करिव ८ करोडको लागत लाग्ने अनुमान गरिएको भारोत्तोलन संघका अध्यक्ष रतनकुमार तण्डनले जानकारी गराए ।
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]