default_image

9 years ago

March 28, 2016

साग पदक विजेता भारोत्तोलक सम्मानित

83 views

0 Bookmark

काठमाडौं, चैत १५
नेपाल भारोत्तोलन संघले भारतमा भएको १२औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल आफ्ना खेलाडीलाई सोमबार नगदसहित सम्मान गरेको छ ।

भारोत्तोलनमा नेपालले १ रजत र ३ कांस्यसहित ४ पदक जितेको थियो । पुरुषको ६२ केजीमा विकास थापाले रजत जितेका थिए । महिलाको ५३ केजीमा देवीकुमारी चौधरी, ७५ केजीमाथि तारादेवी पुन तथा ६३ केजीमा जुनुमाया छन्त्यालले कांस्य हात पारेका थिए । देवीले जितेको पदक १२औं सागमा नेपालले जितेको पहिलो पदक हो ।रजत विजेतालाई १० हजार तथा कांस्य विजेतालाई समान ८ हजार नगदसहित प्रशंसा पत्र प्रदान गरियो । यस्तै १२औं सागमा राष्ट्रिय कीर्तिमान कायम गरेका विकास थापा र दिनेश श्रेष्ठलाई संघले थप दुई हजारसहित सम्मानित गरे । पदक विजेता सबैलाई भारोत्तोलन संघका सदस्य एवं पूर्व भारोत्तोलन खेलाडी रुकेश तण्डुकारले प्रोत्साहन स्वरुप ट्रयाकसुट प्रदान गरेका थिए ।

2 (2)
सोही अवसरमा भारोत्तोलन संघले गत बैशाखको भूकम्पका कारण घाइते भएका, आफन्त गुमाएका, घर पूर्ण रुपमा क्षति भएका तथा घर आंशिक क्षति भएका भारोत्तोलन खेलाडीलाई आर्थिक सहयोग प्रदान ग¥यो ।
पीडितलाई तीन समूहमा वर्गीकरण गरी क्रमशः ३० हजार, २० हजार र १५ हजार आर्थिक सहयोग प्रदान गरिएको थियो । जापान भारोत्तोलन संघले आफ्नो सक्रियतामा संकलन गरी भारोत्तोलन संघलाई उपलब्ध गराएको ३ हजार अमेरिकी डलरबाट खेलाडीलाई आर्थिक सहयोग प्रदान गरिएको हो ।
आर्थिक सहयोग पाउनेमा पीडित खेलाडीहरुमा लक्ष्मण रन्जित, मुई लामा, रामकुमार श्रेष्ठ, गोपालबहादुर श्रेष्ठ, ज्ञानबहादुर श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, राजु राना (पाल्पा), राजु राना (धादिङ), अनिल मल्ल, लिक्की थापा, रमेश पाठक, जीवन तामाङ तथा बुद्धि लामा रहेका छन् । यस्तै नेपाल भारात्तोलन संघले नेपालगञ्जमा सुविधा भारात्तोलन एकेडेमी बनाउने घोषणा गरेको छ । त्यसै कार्यक्रममा एसियाली भारोत्तोलन महासंघका महासचिव मोहम्मद हसन जलौडले भारोत्तोलन संघलाई सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम थियो । अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघका सदस्य समेत रहेका हसन हवाइ यात्राका दौरान उत्पन्न विविध समस्याले गर्दा कार्यक्रममा उपस्थिति हुन नपाएपछि उक्त कार्यक्रम तत्काललाई स्थगित गरिएको छ । हसन ब्राजिल, चीनहुँदै नेपाल आउने कार्यक्रम थियो । हसन पछि नेपाल आएको बेला सामाग्री हस्तान्तरण हुने भारोत्तोलन संघले जनाएको छ ।

March 6, 2025

दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

पृथुको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]

Success

Thank you for your time.