6 years ago
November 30, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर १ गल्फर शिवराम श्रेष्ठले सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जित्दै करिअरको ४३ औं उपाधि हात पारेका छन् । उनले यसअघि भएको सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि पनि जितेका थिए ।
सूर्य नेपाल गल्फ टुरअन्तर्गत दोस्रो प्रतियोगितामा शिवरामले पहिलो दिन देखि अग्रता कायम गर्दै चिर परिचित प्रतिद्वन्द्वी भुवन नगरकोटीलाई ६ स्ट्रोकले पराजित गरे । उनले अन्तिम दिन इभन पार ६८ को स्कोर जोड्दै समग्रमा ११ अन्डर २ सय ६१ स्कोरसहित उपाधि जिते । दोस्रो स्थानका भुवनले अन्तिम दिन ५ अन्डर ६३ को उत्कृष्ट प्रदर्शन गर्दै समग्रमा ५ अन्डर २ सय ६७ स्कोर बनाए । शिवरामले उपाधिसहित ९५ हजार रुपैयाँ हात पारे । भुवनले ६५ हजारमा चित्त बुझाए ।
तेस्रो स्थान हासिल गरेका धनबहादुर थापाले ४ अन्डर २ सय ६८ को प्रदर्शन गर्दै ५५ हजार रुपैया प्राप्त गरे । चौथो स्थानका विकाश अधिकारीले ३ अन्डर २ सय ६९ स्कोर जोड्दै ४४ हजार पाए । रामे मगर पाँचौ हुँदै ३८ हजार रुपैयाँ बुझ्दा छैटौं स्थानका जयराम श्रेष्ठले ३२ हजार प्राप्त गरे । सातौं स्थानका राजेन्द्र थापा मगरले २८ हजार बुझे । संयुक्त आठौँ स्थानका दिपक थापा मगर र भुवन कुमार रोक्काले जनही २३ हजार तथा दशौँ स्थानका सूर्य प्रसाद शर्माले १८ हजार पाए ।
एमेच्योरतर्फ शुक्रबहादुर राईले अन्तिम दिन १ ओभर ६९ खेल्दै ४ अन्डर २ सय ६८ को उत्कृष्ट स्कोर जोड्दै उपाधि जिते । टंकबहादुर कार्की १ ओभर २ सय ७३ स्कोरसहित उपविजेता बने । उनले अन्तिम दिन ४ ओभर ७२ को खराब प्रदर्शन गरे ।
व्यवसायिक तर्फ शीर्ष २१ खेलाडीले नगद पुरस्कार प्राप्त गरे । सूर्य नेपालका सेल्स एण्ड मार्केटिङका उपाध्यक्ष दिप्रा लाहिरी, नेपाल व्यवसायिक गल्फर संघका अध्यक्ष राजेन्द्रमान श्रेष्ठ र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा ३३ व्यवसायीक र ८ एमेच्योरसहित कुल ४१ गल्फरको सहभागिता थियो ।
March 26, 2025
एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन्। स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्र्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ। दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए। पहिलो पटक […]
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाटनेपाल सुपर लिग (एनएसएल) खेल्न इमोह इजेकिएल र पापा इबोउ केबे आज नेपाल आइपुगेका छन्। ललितपुर गत संस्करणमा च्याम्पियन हुँदा इमोह र पापा दुवै टोलीको सदस्य थिए। ६ गोल गर्दै इमोह गोल्डेन बुट पनि जितेका थिए ।विजेता समेत हुन। धनगढी एफसी विरुद्धको फाइनलमा उनले २ गोल गरेका थिए। इमोहले […]
March 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एपिएफले तेस्रो स्थानमा प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्त्य गरेको छ। लोकेश बमको विष्फोटक इनिङकोमा लिगको आफ्नो अन्तिम खेलमा एपिएफ क्लबले कोशी प्रदेशलाई २ विकेटले हराएको छ। अर्का दुई टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले पिएम कपको फाइनल खेल्ने पक्का हुँदा एपिएफ तेस्रो भएको छ। पुलिस र आर्मीबीच […]