6 years ago
November 11, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघको आयोजना र राष्ट्रिय वाणिज्य बैंकको प्रायोजनमा चौथो राष्ट्रिय पुरूष क्लब लिग भलिबल प्रतियोगिताको पुस १ गतेबाट पोखरामा हुने भएको छ ।
चौथो राष्ट्रिय क्लब च्याम्पियनसिपबाट छनोट भएका क्लबले लिगमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एपिएफसँगै बुटवलको मणिमुकुन्द भलिबल क्लब, जावलाखेल भलिबल तालिम केन्द्र, ढोरपाटन तालीम केन्द्र, हेल्प नेपाल स्पोर्टस् क्लब र नयाँबजार युवा क्लब सहभागी रहने छन् । पोखरा रंगशालामा पुस ७ गतेसम्म हुने प्रतियोगिता राउन्ड रोबिन लिग प्रणालीमा हुनेछ । यद्यपी लिग चरणको शीर्ष स्थानमा रहने टोलीलाई विजेता मान्ने वा फाइनल खेलाउने भन्न्व विषयमा निर्णय भएको छैन ।
गतवर्ष राष्ट्रिय वाणिज्य बैंकले महिला र पुरुषको लागि २० लाख रुपैयाँ प्रायोजन सम्झौता गर्ने सम्झौता गरेको थियो । महिला लिग भलिबल जेठमा सम्पन्न भइसकेको छ । पुरूष टोली एसियाली खेलकुदको तयारीका लागि महेन्द्रनगरमा रहेको हुनाले मिति सारिएको थियो ।
प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख पाउनेछन् भने तेस्रो र चौथो हुनेले ५० र २५ हजार रूपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकले ५-५ हजार रूपैयाँ पाउनेछन् ।
March 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशविरुद्ध कम रनमै अल आउट भएको छ । भैरहवामा जारी खेलमा लुम्बिनी प्रदेश १ सय १६ रनमै अलआउट भएको हो । एक्स्ट्रा टेक क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी ४४.१ ओभरमा १ सय १६ रनमा समेटिएको हो । लुम्बिनीका लागि […]
March 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – भीम सार्कीको शतकबाट चुक्दा प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । दाङमा जारी खेलमा आर्मीले मधेशलाई २ सय १८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । लमहीमा रहेको देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर […]
March 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – स्पिनर ललितनारायण राजवंशीको ५ विकेट तथा कप्तान दीपेन्द्रसिंह ऐरीको विष्फोटक अर्धशतकको सहयोगमा प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार छैठौं जित हात पारेको छ । साविक विजेता पुलिसले बुधवार गण्डकी प्रदेशलाई ७ विकेटले हरायो । ९३ रनको लक्ष्य पुलिसले १६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । […]