7 years ago
October 28, 2018
पोखरा (हाम्रो खेलकुद) – नमस्ते पोखरा प्रिमियर लिग अन्तर्गत आइतबार पहिलो खेलमा एक्सपर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई १ सय ८३ रनको विजयी लक्ष्य दिएको छ । विदेशी खेलाडी ड्यानीएल लरेन्स र सौरभ खनालको ब्याटिङमा धनगढीले बलियो योगफल तयार पारेको हो ।
पोखरा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ८२ रनको बनाएको हो । मध्यम शुरुवात गरेको धनगढीका लागि इंग्लिस ब्याट्सम्यान पिटर ट्रेगोले ५३ रनको अर्धशतकीय इनिङ खेले । ३८ बल खेलेका पिटरले ४ छक्का र २ चौका प्रहार गरे । कप्तान दीपेन्द्रसिंह ऐरीले २९ रन बनाए । धनगढीले ८ रन जोड्दा पहिलो विकेटको रुपमा ड्यानियल लरेन्सलाई २ रनमा गुमाएको थियो । त्यसपछि सन्दीप सुनार ९ रनमा पभेलियन फर्कदा टिमले जम्मा १३ रन जोडेको थियो । दीलिपनाथ ८ रनमा आउट हुँदा टिमले ३८ रन जोडेको थियो ।
त्यसपछि कप्तान ऐरी र पिटरले चौथो विकेटको लागि ६० रनको साझेदारी गर्दै टिमको इनिङ्स उकासेका थिए । सन्दीप जोरा १२ रनमा आउट भए । रोविन क्षेत्रीले १० रन बनाए । योगेन्द्रसिंह कार्कीले ६ रन बनाए । मन्जित श्रेष्ठ १ रनमा पेभेलियन फर्किए । सौरभ खनालले अन्तिम बलमा क्याचआउट हुनुअघि १३ बलमा ४१ रन जोडे । उनले १३ बल खेल्दै २ चौका र ५ छक्का प्रहार गरे ।
विराटनगरका जितेन्द्र मुखियाले ४ विकेट लिए । किशोर महतो, सुनिल धमला, सन्दीप लामिछाने र मोहम्मद जायद आलमले समान १ विकेट लिए । विराटनगरले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ । दुवै टोली पहिलो जितको खोजीमा छ । विराटनगर पहिले खेलमा पोखरा पल्टनसँग ५८ रनले पराजित भएको थियो । धनगढी ब्लुज हुलास काठमाडौं रोयल्ससँग १७ रनले पराजित भएको थियो ।
October 8, 2025
मस्कट(हाम्रो खेलकुद) – नेपालले आइसिसी टि ट्वान्टी विश्वकप अन्तर्गत एसिया तथा इएपी छनोटमा विजयी सुरुवात गरेको छ। ओमानमा बुधवार सुरु भएको छनोटको आफ्नो पहिलो खेलमा कुवेतलाई ५८ रनले हराउँदै नेपालले जितका साथ यात्रा सुरु गरेको हो । जित्नलाई १ सय ४२ रनको लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमा ८३ रनमा अल आउट भयो । कुवेतका ओपनर […]
October 8, 2025
मस्कट (हाम्रो खेलकुद) – नेपालले आईसीसी टी ट्वान्टी विश्वकप एसिया तथा इएपी छनोटको आफ्नो पहिलो खेलमा कुवेतलाई १ सय ४२ रनको मध्यम लक्ष्य दिएकोछ । ओमान क्रिकेट एकेडेमी १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४१ रन बनायो । नेपालका कुशल भुर्तेलले ५६ बलमा ३ […]
October 8, 2025
मस्कट (हाम्रो खेलकुद)– नेपालले आईसीसी टि ट्वान्टी एसिया इस्ट एसिया प्यासिफिक (इएपी) छनोटमा कुवेतसँग टस हारेर पहिला ब्याटिंग गर्ने भएको छ । ओमान क्रिकेट एकेडेमी १ मा भएको टसमा कुवेतका कप्तान मोहम्मद अस्लामले टस जितेर पहिला फिल्डिंग रोजेका छन् । नेपालले आजको खेलमा करण केसीलाई बेच्मा राख्दा सन्दीप लामिछाने र ललितनारायण राजवंशी दुबैलाई खेलाएको छ […]