6 years ago
October 12, 2018
अर्जुन कार्की
बाग्लुङ – बागलुङ जिल्लाको गल्कोट नगरपालिका जारी २२ औं संस्करणको राष्ट्रिय महिला भलिबलको उपाधिको लागि विभागीय टिम एपीएफ र नेपाल पुलिस भिड्ने भएका छन् ।
शुक्रबार भएको सेमिफाईन खेलमा एपीएफले प्रदेश नम्बर ५ लाई र नेपाल पुलिसले त्रिभुवन आर्मीलाई पराजित गर्दै फाईनल प्रवेश गरेका हुन । पहिलो सेमिफाईनल खेलमा साविकको विजेता एपीएफले प्रदेश नम्बर ५ लाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । महिल भलिबलमा यस वर्ष ५ औं उपाधि जित्ने लक्ष्यमा रहेको एपीएफले प्रदेश नम्बर ५ लाई २५–१९, २५–१५ र २५–१६ ले पराजित गरेको थियो ।
यस्तै दोस्रो सेमिफाइनल खेलमा पुलिसले आर्मीलाई ३–० को सोझो सेटमा पाखा लगाउँदै फाइनलमा प्रवेश गरेको हो । पहिलो सेटमा संघर्षपूर्ण जित निकालेको पुलिसले दोस्रो र तेस्रो सेट सजिलै जितेको थियो । पुलिसले आर्मीलाई २८–२६, २५–१५ र २५–१४ को सेटमा पराजित गरेको थियो ।
प्रतियोगिताको उपाधिको लागि शनिबार दुई विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्बल र नेपाल प्रहरीको पुलिस क्लब विच प्रतिस्पर्धा हुनेछ भने त्यस अगाडी तेस्रो स्थानको लागि त्रिभुवन आर्मीले प्रदेश नम्बर ५ को सामाना गर्ने जिल्ला भलिबल संघ बागलुङका सचिव सन्दिप पन्तले जानकारी दिए ।
नेपाल भलिबल संघको आयोजना, जिल्ला भलिबल संघ बागलुङको व्यवस्थापन संचालन भईरहेको प्रतियोगिताबाट राष्ट्रिय टोलीका १८ खेलाडी र ६ बैकल्पिक लागि २४ खेलाडीको छनोट गरिने नेपाल भलिबल संघका वरिष्ठ उपाध्यक्ष याम गुरुङले बताए ।
प्रतियोगिताको विजेताले ५०, दोस्रोले ३० र तेस्रोले २० हजार पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पाउनेछन् । त्यस्तै उत्कृष्ट स्पाइकर, सर्भर, लिबेरो, सेटर र ब्लकरलाई समान ५ हजार रुपैयाँ पाउनेछन् ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]