default_image

7 years ago

October 11, 2018

शिवरामलाई सेन्ट्रल ओपन, करिअरको ४२ औं उपाधि

126 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर १ व्यवसायिक गल्फर  शिवराम श्रेष्ठले सूर्य नेपाल गल्फ टुर २०१८/१९ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जितेका छन् । प्रतियोगिताको अन्तिम दिन बिहिबार उनले दोस्रो स्थानका भुवन नगरकोटीलाई १२ स्ट्रोकको फराकिलो अन्तरले पराजित गर्दै करिअरको ४२ औं उपाधि हात पारेका हुन् ।

बिहीबार गोकर्ण गल्फ कोर्समा शिवरामले ३ अन्डर ६९ को स्कोर जोड्दै समग्रमा १५ अन्डर २ सय ७३ स्कोरसहित विजेता बने । उनले १ लाख २० हजार रुपैयाँ प्राप्त गरे । घरेलु कोर्सका भुवन नगरकोटी १ अन्डर ७१ खेल्दै समग्रमा ३ अन्डर २ सय ८५ सहित उपविजेतास्वरुप ७७ हजार रुपैयाँ हात पारे ।

तेस्रो स्थानमा एमेच्योर टासी छिरिङ रहे उनले अन्तिम दिन ४ ओभर ७६ सहित कुल ४ ओभर २ सय ९२ स्कोरसहित एमेच्योरतर्फ उपाधि जिते । धनबहादुर थापाले अन्तिम दिन ३ ओभर ७५ जोडेपछि कुल ५ ओभर २ सय ९३ सहित व्यवसायीकतर्फ तेस्रो स्थानका साथ ५५ हजार रुपैयाँ हात पारे । वाङचेन धोन्दुपले ३ ओभर ७५ खेल्दै समग्रमा ८ ओभर २ सय ९६ स्कोरसहित एमेच्योर उपविजेता बने ।

शिवरामले फ्रन्ट नाइनमा ५ अन्डर ३१ र ब्याक नाइनमा २ ओभर ३८ खेले । उनले पहिलो, तेस्रो, पाँचौ, सातौं र नवौं होलमा बर्डी लेखाए । १२ औं र १५ औं होलमा भने उनले बोगी खेपे । भुवनले भने फ्रन्ट नाइनमा २ अन्डर ३४ र ब्याक नाइनमा १ ओभर ३७ को स्कोर लेखाए ।

अन्य नगद पुरस्कार :

रामकृष्ण श्रेष्ठ – ४३ हजार

दिपक मगर – ३५ हजार

कृष्णमान राजवाहक, रामे मगर, विकास अधिकारी – प्रति खेलाडी ३०,३३३ हजार

रवी खड्का – २६ हजार

शिवकुमार माझि – २५ हजार

प्रतियोगितामा ३० व्यवसायिक र ११ एमेच्योरगरि कुल ४१ गल्फरहरुले प्रतिस्पर्धा गरेका थिए । तेस्रो दिनदेखि २१ व्यवसायिक र ८ एमेच्योर गल्फरले कट बनाए । प्रतियोगितामा विजेताले १ लाख २० हजार रुपैयाँ प्राप्त गरे । उपविजेताले ७७ हजार, तेस्रो स्थान हासिल गर्नेले ५५ हजार तथा २१ औं स्थान सम्मका व्यावसायिक गल्फरले नगद पुरस्कार पाए । यस प्रतियोगिताको कुल पुरस्कार राशी ६ लाख ६१ हजार ५ सय रुपैयाँ रहेको थियो ।

April 30, 2025

सुर्खेत जिल्ला फुटबलमा नयाँ नेतृत्व

काठमाडौं (हाम्रो खेलकुद)- सुर्खेत जिल्ला फुटबल संघको विशेष साधारण सभाले दीलिप बस्याललाई अध्यक्ष निर्वाचित गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। सुर्खेत जिल्ला फुटबल संघ लामो समयदेखि विवादित रहँदै आएको थियो। मंगलवार बसेको विशेष साधारण सभाले तत्कालिन अध्यक्ष रविन्द्र चन्दविरुद्ध अविश्वास प्रस्ताव पारित गर्दै उनलाई पदमुक्त गरेको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको […]

April 30, 2025

अष्ट्रेलियाली प्रशिक्षक लबाट नेपाली क्रिकेट के चाहन्छ?

भुपेन्द्र जि.सी. अष्ट्रेलियाका पूर्व क्रिकेटर स्टुअर्ट लको मुख्य प्रशिक्षणमा घरेलु टोली अमेरिकाले आईसीसी टी-२० विश्वकप २०२४ मा पाकिस्तानलाई सुपर ओभरमा स्तब्ध पार्दै विश्व क्रिकेटमै सनसनी मच्चायो । त्यसको केही दिन अघि ह्युस्टनमा अर्को टेस्ट राष्ट्र बंगलादेशलाई तीन खेलको सिरिजमा २-१ ले हराएको थियो । अप्रिलमा मुख्य प्रशिक्षक बनेका उनले छोटो समयमा सकारात्मक परिवर्तन ल्याएपछि अमेरिकाले […]

April 30, 2025

पिएसजीसँग आर्सनलको हार

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले युइएफए च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा आर्सनललाई १-० ले हराएको छ। इमिरेट्स स्टेडियममा मंगलवार भएको खेलमा ओउस्मान डेम्बेलेले गोल गर्दै पिएसजीलाई महत्त्वपूर्ण अग्रता दिलाए। डेम्बेलेले चौथो मिनेटमा गोल गर्दै दिलाएको अग्रतालाई पिएसजी जोगाउन सफल रह्यो । दोस्रो हाफमा खुट्टाको चोटका कारण डेम्बेले मैदान छाड्नु परेको थियो। उनले जारी सिजनमा […]

Success

Thank you for your time.