default_image

9 years ago

March 9, 2016

पद्मोदय भलिबलको उपाधि भारतको बीएमडब्लुलाई

110 views

0 Bookmark

भरतपुर
पद्मोदय अन्तर्राष्टिय पुरुष भलिबल प्रतियोगिताको उपाधि भारतको बीएमडब्लु क्लबले जितेको छ । भरखरै सम्पन्न अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलमा विभागीय टिम नेपाल पुलिस क्लब (एनपीसी) लाई ३–१ ले पराजित गर्दै बीएमडब्लुले उपाधि जितेको हो ।
Padmodaya
 उपाधिसँगै बीएमडब्लुले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार जितेको छ । उपविजेता नेपाल पुलिस क्लबले १ लाख रुपैयाँ पाएको छ ।
बेस्ट अफ फाइभका आधारमा खेलाइएको फाइनल खेलमा बीएमडब्लुले पहिलो, तेस्रो र चौथो सेटमा जित हात पा¥यो । प्रतिस्पर्धात्मक पहिलो सेटमा बीएमडब्लुले २५–२२ को जित निकाल्यो । तर, दोस्रो सेटमा एनपीसीले २५–१७ को सहज जित निकाल्यो ।
हजारौं नेपाली दर्शकको साथ पाएपनि आपसी तालमेल मिलाउन नसक्दा एनपीसीले त्यसपछिका दुवै सेट गुमायो । बीएमडब्लुले तेस्रो र चौथो सेट २५–१६ र २५–२१ ले जित्यो ।
यसअघि आजै सम्पन्न अर्को खेलमा बंगलादेशको वाटर डेभलेपमेन्ट बोर्ड (डब्लुडीबी) लाई ३–१ को सेटमा पराजित गर्दै एपीएफले तेस्रो स्थान प्राप्त गरेको छ ।
लगातार दुई सेट जितेको एपीएफले तेस्रो सेट गुमाएपनि चौथो सेटमा पुनः उत्कृष्ट पुनःआगमन गर्दै जित हात पारेको हो । एपीएफले २५–११, २५–१६, १८–२५ र २५–१९ को सेटमा जित हात पारेको हो ।
गतवर्षको विजेता एपीएफ सेमीफाइनलमा हिजो अर्को विभागीय टिम नेपाल पुलिस क्लबसँग पराजित भएको थियो । तेस्रो स्थानसँगै एपीएफले ५० हजार रुपैयाँ पुरस्कार पाएको आयोजक पद्मोदय युवा क्लबका अध्यक्ष रामहरि सेढाईंले जानकारी दिए ।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका बीएमडब्लु भारतका स्पीकर शुभम उत्कृष्ट खेलाडी बने । उनले २५ हजार पुरस्कार पाए । त्यस्तै एपीएफका पुष्पजंग मल्लले उत्कृष्ट लिब्रो घोषित हुँदै ५ हजार पुरस्कार पाए । त्यस्तै उत्कृष्ट ब्लकर नेपाल पुलिस क्लबका सञ्जय अर्याल र उत्कृष्ट लिफ्टर नेपाल पुलिसकै इम राना र उत्कृष्ट सर्भर बीएमडब्लुका सन्नीले पनि जनही ५ हजार पुरस्कार पाए ।
महाशिवरात्रिको अवसरमा आयोजित अन्तर्राष्ट्रिय भलिबलमा कूल ६ टिम सहभागी थिए । त्यसमध्ये भुटानको साम्ची स्पोर्टस् क्लब र नेपाल आर्मी क्लब समूह चरणबाटै बाहिरिएका थिए ।
प्रतियोगिताको समापन पूर्वप्रधानमन्त्री झलनाथ खनालले गरेका छन् ।

December 21, 2024

श्रीकृष्णलाई उग्रचण्डी कप बुद्धिचाल उपाधि

काभ्रेपलाञ्चोक (हाम्रो खेलकुद)-  उग्रचण्डी मावि  र काभ्रे जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा शनिवार भएको उग्रचण्डी कप रापिड बुद्धिचाल प्रतियोगिताको उपाधि श्रीकृष्ण मानन्धरले‌ जितेका छन्। काभ्रेपलाञ्चोक जिल्लाका १८०० रेटिङ्ग मुनिको प्रथम जिल्ला स्तरीय प्रतियोगिताको ६ चरणको‌ खेलमा सबै लाई हराउँदै श्रीकृष्ण मानन्धरले उपाधि जितेका हुन् । बनेपाको नाला स्थित उग्रचण्डीमा भएको प्रतियोगितामा ६ खेलाडीले समान ५ अंक […]

December 21, 2024

जनकपुरका ललितले पाए बाइक

काठमाडौं(हाम्रो खेलकुद) – जनकपुर बोल्ट्सका स्पिनर ललितनारायण राजवंशीले नेपाल प्रिमियर लिग (एनपिएल)मा बाइक पाएका छन् । प्रतियोगिताको उत्कृष्ट बलर हुदै ललितले बाइक पाएका हुन् । शनिवार सम्पन्न लिगमा ललित आबद्ध जनकपुर च्याम्पियन भएको थियो । जनकपुरलाई च्याम्पियन बनाउँन ललितले १७ विकेट लिएका थिए । १० खेलमा ४० ओभर गरेका ललितले २ सय १३ रन खर्चिदैं […]

December 21, 2024

आयोजक फिदिमको विजयी सुरुवात

दिपक बोहोरा, पाँचथरआयोजक फिदिम स्पोर्टिङ क्लबले ११ औं फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । फिदिम माविको मैदानमा शनिवार भारतको खर्साङ फुटबल क्लब भारत लाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गर्दै फिदिम क्वाटरफाइनलमा पुगेको छ। निर्धारित समय गोलरहित सकिएपछि टाइब्रेकरमा आयोजक टोलीले बाजी‌ मार्यो । टाइब्रेकरमा फिदिमका आशिष चापागाई,विशाल दर्जी,शुकराज राई र […]

Success

Thank you for your time.