6 years ago
October 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर १ गल्फर शिवराम श्रेष्ठ सूर्य नेपाल गल्फ टुर २०१८/१९ अन्तर्गत पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधिनजिक पुगेका छन् । प्रतियोगिताको तेस्रो दिन लय कायम राख्दै कुल १० स्ट्रोकको अग्रता बनाएपछि उनी सिजनको सुखद सुरुवात नजिक पुगे ।
गोकर्ण गल्फ क्लबमा तेस्रो दिन बुधबार शिवरामले ३ अन्डर ६९ को स्कोर जोड्दै शीर्ष स्थानमा पकड कायम राखे । उनले समग्रमा १२ अन्डर २ सय ४ को स्कोर बनाएका छन् । दोस्रो स्थानमा रहेका भुवनले घरेलु कोर्समा इभन पार ७२ जोडे । उनी समग्रमा २ अन्डर २ सय १४ मा खेलिरहेका छन् । तेस्रो स्थानमा एमेच्योर टासी छिरिङ छन् । उनले बुधबार २ ओभर ७४ खेलेपनि समग्रमा इभन पार २ सय १६ सहित एमेच्योरतर्फ ५ स्ट्रोकको अग्रता लिएका छन् । उनका सहोदर भाइ वाङचेन धोन्दुप एमेच्योरतर्फ दोस्रोमा छन् ।
धनबहादुर थापाले खराब प्रदर्शन गदै ३ ओभर ७५ जोडेपछि २ ओभर २ सय १८ स्कोरका साथ चौह्तो स्थानमा छन् । बुधबार प्रतियोगिताकै उत्कृष्ट स्कोर बनाउने क्रममा एमेच्योर विनोद तामाङले ६ अन्डर ६६ स्कोर जोडे । उनी ८ ओभर २ सय २४ अंक जोड्दै रवी खड्कासँग छैटौं स्थानमा छन् । आठौँ स्थानमा चुडाबहादुर भण्डारी र एमेच्योर सुनील केसीले ८ ओभर २ सय २४ तथा दशौँ स्थानका रामकृष्ण श्रेष्ठ र रामे मगरले १० ओभर २ सय २६ जोडेका छन् ।
प्रतियोगितामा ३० व्यवसायिक र ११ एमेच्योरगरि कुल ४१ गल्फरहरुले प्रतिस्पर्धा गरेका थिए । तेस्रो दिनदेखि २१ व्यवसायिक र ८ एमेच्योर गल्फरले कट बनाए । प्रतियोगितामा विजेताले १ लाख २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले ७७ हजार, तेस्रो स्थान हासिल गर्नेले ५५ हजार तथा २१ औं स्थान सम्मका व्यावसायिक गल्फरले नगद पुरस्कार पाउनेछन् । यस प्रतियोगिताको कुल पुरस्कार राशी ६ लाख ६१ हजार ५ सय रुपैयाँ छ ।
March 26, 2025
एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन्। स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्र्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ। दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए। पहिलो पटक […]
March 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाटनेपाल सुपर लिग (एनएसएल) खेल्न इमोह इजेकिएल र पापा इबोउ केबे आज नेपाल आइपुगेका छन्। ललितपुर गत संस्करणमा च्याम्पियन हुँदा इमोह र पापा दुवै टोलीको सदस्य थिए। ६ गोल गर्दै इमोह गोल्डेन बुट पनि जितेका थिए ।विजेता समेत हुन। धनगढी एफसी विरुद्धको फाइनलमा उनले २ गोल गरेका थिए। इमोहले […]
March 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एपिएफले तेस्रो स्थानमा प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्त्य गरेको छ। लोकेश बमको विष्फोटक इनिङकोमा लिगको आफ्नो अन्तिम खेलमा एपिएफ क्लबले कोशी प्रदेशलाई २ विकेटले हराएको छ। अर्का दुई टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले पिएम कपको फाइनल खेल्ने पक्का हुँदा एपिएफ तेस्रो भएको छ। पुलिस र आर्मीबीच […]