default_image

6 years ago

October 9, 2018

शिवरामको अग्रता बढ्दै

133 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर १ शिवराम श्रेष्ठले सूर्य नेपाल गल्फ टुर अन्तर्गत सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन पनि लय कायम राख्दै अग्रता बढाएका छन् ।

गोकर्ण गल्फ कोर्समा दोस्रो दिन ५ अन्डर ६७ स्कोर जोड्दै समग्रमा ९ अन्डर स्कोरका साथ ७ स्ट्रोकको अग्रता बनाएका छन् । दोस्रो दिन ५ अन्डर ६७ स्कोर जोडेका एमेच्योर खेलाडी टासी छिरिङ र ४ अन्डर ६८ को स्कोर बनाएका भुवन नगरकोटी समग्रमा २ अन्डर १४२ अंक सहित संयुक्त रूपमा दोस्रो स्थानमा छन् ।

शिवरामले फ्रन्ट नाइनमा ४ अन्डर ३२ र ब्याक नाइनमा १ अन्डर ३५ मा खेले ‌। भुवनले अघिल्लो दिनको प्रदर्शन सुधार्दै फ्रन्ट नाइनमा ५ अन्डर ३१ र ब्याक नाइन १ ओभर ३७ को स्कोर बनाए। एमेच्योर खेलाडी टासी छिरिङले फ्रन्ट नाइन ४ अन्डर ३२ र ब्याक नाइन १ अन्डर ३५ मा पुरा गरे ।

अघिल्लो दिन दोस्रो रहेका धन थापा समग्रमा १ अन्डर १४३ को स्कोरमा चौथो, एमेच्योर खेलाडी वाङ्चेन धन्डुप १ ओभर १४५ का साथ पाँचौ र २ ओभर १४६ सहित सूर्यप्रसाद शर्मा छैटौं स्थानमा छन।

दोस्रो दिनको समाप्तीमा १४ ओभर १५८ स्कोर बनाउने २२ प्रोफेसनल ९ एमेच्योर खेलाडीले कट बनाएका छन। कुल ६ लाख ६१ हजार ५ सय पुरस्कार राशीको प्रतियोगिताको विजेताले विजेताले १ लाख २० हजार रुपैयाँ प्राप्त गर्नेछ।

March 26, 2025

फिफाका पूर्व अध्यक्ष ब्लाटरसँगै प्लाटिनीले पाए सफाई

एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन्। स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्र्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ। दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए। पहिलो पटक […]

March 26, 2025

ललितपुर सिटीका इमोह  र पापा आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाटनेपाल सुपर लिग (एनएसएल) खेल्न  इमोह इजेकिएल र पापा इबोउ केबे आज नेपाल आइपुगेका छन्। ललितपुर गत संस्करणमा‌ च्याम्पियन हुँदा इमोह र पापा दुवै टोलीको सदस्य थिए। ६ गोल गर्दै इमोह   गोल्डेन बुट पनि जितेका थिए ।विजेता समेत हुन। धनगढी एफसी विरुद्धको‌ फाइनलमा उनले २ गोल गरेका थिए। इमोहले  […]

March 26, 2025

पिएम कप – अन्तिम खेल जित्दै एपिएफ तेस्रो

काठमाडौं(हाम्रो खेलकुद) – एपिएफले तेस्रो स्थानमा प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्त्य गरेको छ। लोकेश बमको विष्फोटक इनिङकोमा लिगको आफ्नो अन्तिम खेलमा एपिएफ क्लबले कोशी प्रदेशलाई २ विकेटले हराएको छ। अर्का दुई टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले पिएम कपको फाइनल खेल्ने पक्का हुँदा एपिएफ तेस्रो भएको छ। पुलिस र आर्मीबीच […]

Success

Thank you for your time.