6 years ago
October 9, 2018
अर्जुन कार्की
बागलुङ – बागलुङको गल्कोटमा आजदेखि सुरु भएको २२ औं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तीनै विभागीय टोलीले विजयी सुरुवात गरेका छन् । पहिलो दिनको खेलमा विभागीय टिम एपिएफले दोहोरो जित दर्ता गर्यो । नेपाली सेना र नेपाल पुलिसले पनि पहिलो जित हात पारेका छन् ।
विभागीय टिम एपीएफले उद्घाटन खेलमा प्रदेश नम्बर ७ लाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । एपीएफले प्रदेश नम्बर ६ लाई पनि ३–० कै सोझो सेटमै पराजित गरेको छ । उद्घाटन खेलमा एपिएफले प्रदेश नम्बर ७ लाई २५–१२, २५–१२ र २५–६ ले पराजित गर्यो । यस्तै प्रदेश नम्बर ६ लाई २५–६, २५–९ र २५–५ ले पराजित गर्दै अघिल्लो चरणको यात्रालाई बलियो बनाएको छ ।
यस्तै आजै भएको समुह ‘बी’ तर्फको खेलमा नेपाल पुलिसले प्रदेश नम्बर ५ लाई ३–० को सोझो सेटमै पराजित गरेको छ । नेपाल पुलिसले प्रदेश ५ लाई २५–११, २५–१७ र २५–१३ ले पराजित गर्दै पहिलो जित दर्ता गराएको हो ।
यस्तै आजको समुह ए‘’ तर्फको खेलमा नेपाल आर्मीले पनि गण्डकी प्रदेशलाई ३–० कै सोझो सेटमा पराजित गरेको छ । निकै रोमाञ्चक भएको खेलमा गण्डकी प्रदेशलाई आर्मीले २३–२५, २६–२८ र २२–२५ ले पराजित गरेको थियो । प्रतियोगिताको उद्घाटन गल्कोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले गरेका थिए ।
प्रतियोगिता अन्तर्गत भोली (बुधबार) समुह ‘ए’ तर्फ प्रदेश ६ विरुद्ध गण्डकी प्रदेश, प्रदेश ७ विरुद्ध प्रदेश ६ र विभागीय टिम एपिएफ विरुद्ध नेपाली आर्मी विच हुनेछभने समुह ‘वि’ तर्फ प्रदेश ३ विरुद्ध प्रदेश २, प्रदेश २ विरुद्ध प्रदेश ५ र प्रदेश ३ विरुद्ध प्रदेश ५ विच प्रतिस्पर्धा हुनेछ ।
नेपाल भलिबल संघको आयोजना, जिल्ला भलिबल संघ बागलुङको व्यवस्थापन र गल्कोट नगरपालिकाको सहयोगमा संचालन भईरहेको यो प्रतियोगिताबाट राष्ट्रिय टोलीका १८ खेलाडी र ६ वैकल्पिक लागि २४ खेलाडीको छनोट गरिने बताइएको छ । प्रतियोगिताको विजेताले ५०, दोस्रोले ३० र तेस्रोले २० हजार पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पाउनेछन् । त्यस्तै उत्कृष्ट स्पाइकर, सर्भर, लिबेरो, सेटर र ब्लकरलाई समान ५ हजार रुपैयाँ पाउनेछन् ।
March 8, 2025
चितवन (हाम्रो खेलकुद)- अर्किड इङ्लिस स्कुलले भरतपुर मेयर्स कप इन्टर स्कुल लिग क्रिकेटको उपाधि जितेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज भएको फाइनल खेलमा अर्किडले नारायणी नमुना माविलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रोपटक उपाधि उचालेको हो । ७७ रनको झिनो लक्ष्य अर्किडले २५.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । अर्किडको […]
March 8, 2025
विराटनगर (हाम्रो खेलकुद)- चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपमा सेमिफाइलनमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिवार अन्तिम क्वाटरफाइनलमा एनआरटीलाई २-० ले हराउँदै अन्तिम चार पुगेको हो । चर्च ब्वाइजको लागि रिचर्ड र आकाश राईले गोल गरे। योसँगै गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । यसअघि विभागीय टोली नेपाल पुलिस क्लब र […]
March 8, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो -नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगितामा सरस्वती क्रिकेट एकेडेमीलाई ६ विकेटले हराउँदै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा आज टस जितेर पहिलो ब्याटिङ गरेको सरस्वतीले १७.४ ओभरमा सबै विकेट गुमाउँदै ७९ रन बनाएको थियोे । सरस्वतीका लागि शौरभ ढकालले २० बल खेल्दै सर्वाधिक १८ […]