default_image

6 years ago

October 8, 2018

सूर्य नेपाल सेन्ट्रल ओपन : पहिलो दिन शिवराम अगाडी

113 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर १ शिवराम श्रेष्ठले सूर्य नेपाल गल्फ टुर २०१८/१९ अन्तर्गत पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनमा सुखद सुरुआत गरेका छन् ।

पहिलो दिनको खेलमा प्रतियोगिताको साविक विजेता समेत रहेका शिवरामले ४ अन्डर ६८ स्कोर जोड्दै अग्रता लिएका छन् । फ्रन्ट नाइनमा ५ अन्डर ३१ को उत्कृष्ट प्रदर्शन गरेका शिवरामले ब्याक नाइनमा १ ओभर ३७ खेलेपनि २ स्ट्रोकको अग्रता बनाउन सफल भएका छन् । दोस्रो स्थानमा आर्मी क्लबका धनबहादुर थापा छन् । उनले २ अन्डर ७० खेलेका छन् । एमेच्योर गल्फर पृथ्वी मल्लले पनि २ अन्डर ७० स्कोर जोडे ।

शिवरामले सुरुआती तीनै होलमा बर्डी प्रहार गर्दै उत्कृष्ट सुरुआत गरेका थिए । उनले त्यसपछि पाँचौ र आठौँ होलमा पनि बर्डी लेखाउँदै फ्रन्ट नाइनमा शानदार सुरुआत पाए । टर ब्याक नाइनको १२ औं होलमा डबल बोगी खेपेपछि उनी केहि दबाबमा परे । त्यसपछि १३ औं र १५ औं होलमा बर्डी लेखाएपनि अन्तिम गोलमा बोगी खेप्दै उनले ब्याक नाइनमा १ ओभर ३७ स्कोर जोडे ।

दोस्रो स्थानका धनबहादुरले फ्रन्ट नाइनमा इभन पार ३६ खेलेपनि ब्याक नाइनमा २ अन्डर ३४ खेल्दै राम राम्रो पुनरागमन गरे । एमेच्योर पृथ्वीले फ्रन्ट नाइनमा २ अन्डर ३४ र ब्याक नाइनमा इभन पार ३६ को स्कोर जोडे । कृष्णमान राजवाहक इभन पार ७२ सहित चौथो स्थानमा छन् । दिपक मगर र एमेच्योर द्वय सुनील केसी र सन्दीप तामाङ समान १ ओभर ७३ सहित संयुक्त पाँचौमा छन् ।

उपाधि दावेदार मानिएका घरेलु क्लबका खेलाडी भुवन नगरकोटीका लागि भने पहिलो दिन बिर्सनलायक रहयो । उनले २ ओभर ७४ स्कोर जोड्दै संयुक्त आठौँ स्थानमा रहे । तेस्रो होलमा नै डबल बोगी खेप्दै खराब सुरुआत लिएका उनले फ्रन्ट नाइनमा २ ओभर ३८ र ब्याक नाइनमा इभन पार ३६ स्कोर बनाए । उनी शिवरामभन्दा ६ स्ट्रोकले पछाडी परेका छन् । भुवनसँगै दीपक आचार्य, विकास अधिकारी, प्रदिप लामा तथा एमेच्योर द्वय वाङचेन धोन्दुप र सुरेन्द्र फुयाल पनि २ ओभर ७४ मा छन्  ।

प्रतियोगितामा ३० व्यवसायिक र ११ एमेच्योरगरि कुल ४१ गल्फरहरुले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा विजेताले १ लाख २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले ७७ हजार, तेस्रो स्थान हासिल गर्नेले ५५ हजार तथा २१ औं स्थान सम्मका व्यावसायिक गल्फरले नगद पुरस्कार पाउनेछन् । यस प्रतियोगिताको कुल पुरस्कार राशी ६ लाख ६१ हजार ५ सय रुपैयाँ छ ।

March 26, 2025

फिफाका पूर्व अध्यक्ष ब्लाटरसँगै प्लाटिनीले पाए सफाई

एजेन्सी – फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र फ्रान्सेली फुटबलर मिसेल प्लाटिनीले फिफामा भएको ठगी सम्बन्धित भ्रष्टाचारको आरोपमा सफाइ पाएका छन्। स्विजरल्याण्डको मुटेन्जस्थित एक अपिल अदालतले मंगलबार ब्लाटरले सन् २०११ मा प्लाटिनीलाई गरेको २० लाख स्विस फ्र्याङ्कको भुक्तानीमा कुनै अनियमितता नभएको ठहर गरेको छ। दुबैले लगातार आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए। पहिलो पटक […]

March 26, 2025

ललितपुर सिटीका इमोह  र पापा आइपुगे

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाटनेपाल सुपर लिग (एनएसएल) खेल्न  इमोह इजेकिएल र पापा इबोउ केबे आज नेपाल आइपुगेका छन्। ललितपुर गत संस्करणमा‌ च्याम्पियन हुँदा इमोह र पापा दुवै टोलीको सदस्य थिए। ६ गोल गर्दै इमोह   गोल्डेन बुट पनि जितेका थिए ।विजेता समेत हुन। धनगढी एफसी विरुद्धको‌ फाइनलमा उनले २ गोल गरेका थिए। इमोहले  […]

March 26, 2025

पिएम कप – अन्तिम खेल जित्दै एपिएफ तेस्रो

काठमाडौं(हाम्रो खेलकुद) – एपिएफले तेस्रो स्थानमा प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको अन्त्य गरेको छ। लोकेश बमको विष्फोटक इनिङकोमा लिगको आफ्नो अन्तिम खेलमा एपिएफ क्लबले कोशी प्रदेशलाई २ विकेटले हराएको छ। अर्का दुई टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले पिएम कपको फाइनल खेल्ने पक्का हुँदा एपिएफ तेस्रो भएको छ। पुलिस र आर्मीबीच […]

Success

Thank you for your time.