6 years ago
October 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भुटानमा भएको साफ यू–१८ महिला फुटबल च्याम्पियनसिपमा दोस्रो भएको नेपाली टोली बुधबार स्वदेश फर्कने भएको छ ।
नेपाली टोली बुधबार दिउसो २ः३५ बजे भुटान एयरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने एन्फाले जनाएको छ ।
नेपाल आइतबार भएको फाइनलमा बंगलादेशसँग १–० ले पराजित हुदै उपविजेतामा सीमित बनेको थियो । प्रतिस्पर्धात्मक खेलमा नेपालले दोस्रो हाफको चौथो मिनेटमा गोल खाएको थियो ।
मैदानको मध्यभागबाट बंगाली खेलाडीको प्रहार गरेको फ्रिकिकलाई मसुरा पर्भिनले अफसाइड बिट समात्दै गोल गरेका थिए ।
March 10, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]
March 10, 2025
हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]