default_image

6 years ago

October 2, 2018

एभीएल : चितवन टाइग्रेस फाइनलमा

74 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै चितवन टाइग्रेस आधी आवादी भलिबल लिगको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार दशरथ रंगशालाको कभर्ड हलमा भएको खेलमा चितवन सोझो सेटमा विजयी भएको हो । पहिलो सेट २५-११ ले जितेको चितवनले दोस्रो सेट २५-१४ ले आफ्नो पक्षमा पार्यो । तेस्रो सेटमा पुलिसले कडा चुनौती प्रस्तुत गरेपनि चितवन २५-२३ ले विजय हुँदै फाइनलमा स्थान बनाउन सफल रहयो ।

नेपाली राष्ट्रिय टोलीका सदस्य मंजु गुरुङ र अरुणा शाहीसँगै तीन विदेशी खेलाडी उतारेको चितवन समूह विजेता बन्दै सेमिफाइनल पुगेको थियो । अब एपीएफ र न्यू डायमण्डबीच जारी सेमिफाइनल खेलको विजेताले चितवनसँग उपाधिको लागि खेल्नेछ ।

March 6, 2025

दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

पृथुको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]

Success

Thank you for your time.