default_image

9 years ago

February 29, 2016

रेखा प्रधानमन्त्री कप भलिबलको गुडविल एम्बेसडर घोषित

172 views

0 Bookmark

काठमाडौं

कलाकार रेखा थापा खेलकुदसँग जोडिएकी छिन् । बाँके जिल्ला भलिबल संघले अर्को महिना आयोजना हुने प्रधानमन्त्री कप इन्डो नेपाल महिला भलिबल प्रतियोगिताको रेखालाई सोमबार गुडविल एम्बेसडर बनाएपछि उनी खेलकुदसँग जोडिएकी हुन् ।

rekha thapa1

सानोमा खेलाडी बन्ने सपना पुरा नभएपनि अहिले प्रधानमन्त्री कप भलिबलमार्फत खेलक्षेत्रसँग जोडिन पाएकोमा रेखाले खुसी व्यक्त गरिन् । खेलकुदसँग मेरो विषय लगाव छ, यद्दपी म खेलाडी बन्न भने सकिन । म पहिला कराते खेल्थे । तर, त्यो समयमा खेल्न वातावरण अहिलेको जस्तो थिएन , रेखाले कार्यक्रममा भनिन्, अहिले प्रधानमन्त्री कपमार्फत जोडिन पाउँदा खुसी लागेको छ ।

रेखाले १२ औं दक्षिण एसियाली खेलकुद (साग) बाट फर्कदा फुटबल टोलीको मात्र भव्य स्वागत भएकोमा गुनासो गरिन् । उनले भनिन्, महिला र अन्य खेलाडीले पनि सफलता प्राप्त गरेका थिए । तर फुटबलको मात्र भव्य स्वागत भएको देखियो । फुटबलको हुनु राम्रो हो, तर महिला खेलाडीको पनि त्यस्तै स्वागत भएको भए राम्रो हुन्थ्यो ।

rekha thapa2

नेपाल ओलम्पिक कमिटि (एनओस) का अध्यक्ष जीवनराम श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव केशवकुमार विष्टले संयुक्त रुपमा रेखालाई गुडविल एम्बसडरको चिनारी पत्र हस्तान्तरण गरेका थिए । नेपाल भलिबल संघका अध्यक्ष दानबहादुर तामाङ  र संघका सचिव, बाँके जिल्ला भलिबल संघका अध्यक्ष एवंम प्रतियोगिता संयोजक टिएस ठकुरीले रेखालाई सम्मान गरेका थिए । एनओसी अध्यक्ष श्रेष्ठले स्थापित कलाकार रेखाको सहभागिताले प्रधानमन्त्री कपको गरिमा बढाउने बताए ।

राखेप सदस्य सचिव श्रेष्ठले प्रधानमन्त्री कपमा रेखा जस्तो सफल कलाकारको संलग्नता सुनमा सुगन्ध भएको विचार राखे । भलिबल संघका अध्यक्ष तामाङले खेलकुदको प्रचारका लागि कलाकारको सहयोग महत्वपूर्ण हुने उल्लेख गरे । भारतमा अहिले कब्बडी लोकप्रिय हुनुमा कलाकारको भूमिका महत्व्पूर्ण देखिन्छ, उनले भने, हाम्रो देशमा पनि त्यस्तो अभ्यास गर्न सके खेलकुद क्षेत्रको प्रचारमा मद्दत पुग्नेछ ।

संयोजक टि.एस ठकुरीले सामाजिक सद्भाव र भलिबलको विकास गर्ने उद्देश्यले आयोजना गरिने प्रधानमन्त्री कपको गुडविल एम्बसडर बन्न रेखाले सहज स्वीकार गरेकामा भलिबल र बाँकेवासीकातर्फबाट धन्यवाद दिए । उनले प्रधानमन्त्री कपको मिति केही दिनपछि सार्वजनिक गरिने बताए । भारतका २ र नेपालका ६ गरि ८ टोलीले प्रतियोगितामा भाग लिनेछन् ।

March 19, 2025

सुदूरपश्चिमविरुद्ध लुम्बिनी सस्तैमा समेटियो

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशविरुद्ध कम रनमै अल आउट भएको छ । भैरहवामा जारी खेलमा लुम्बिनी प्रदेश १ सय १६ रनमै अलआउट भएको हो । एक्स्ट्रा टेक क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी ४४.१ ओभरमा १ सय १६ रनमा समेटिएको हो । लुम्बिनीका लागि […]

March 19, 2025

भीम शतकबाट चुक्दा मधेशलाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – भीम सार्कीको शतकबाट चुक्दा प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । दाङमा जारी खेलमा आर्मीले मधेशलाई २ सय १८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । लमहीमा रहेको देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर […]

March 19, 2025

ललित र दीपेन्द्र चम्कदा पुलिसको सहज जित

काठमाडौं(हाम्रो खेलकुद) – स्पिनर ललितनारायण राजवंशीको ५ विकेट तथा कप्तान दीपेन्द्रसिंह ऐरीको विष्फोटक अर्धशतकको सहयोगमा प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार छैठौं जित हात पारेको छ । साविक विजेता पुलिसले बुधवार गण्डकी प्रदेशलाई ७ विकेटले हरायो । ९३ रनको लक्ष्य पुलिसले १६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । […]

Success

Thank you for your time.