default_image

6 years ago

September 22, 2018

एपीएफलाई ढोरपाटन पुरुष भलिबलको उपाधि

91 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपीएफ क्लबले पाँचौ ढोरपाटन एम–१५० राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । एपीएफले गन्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा शनिबार भएको फाइनल खेलमा एपीएफ शुवात देखि नै हावी भएको थियो । एपीएफले पहिलो सेटमा २५–१९ को सहज जित निकालेको थियो । दोस्रो सेटमा २५–१६ को सहज जित निकालेको एपीएफले तेस्रो सेट २५–१७ ले आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भयो ।

गीतान्जली कलेजले आयोजक ढोरपाटन क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हात पार्यो । प्रतिस्पर्धात्मक बनेको खेलमा गीतान्जलीले पहिलो सेट २५–२२ ले आफ्नो पषमा पारेको थियो । रोमाञ्चक बनेको दोस्रो सेट गीतान्जलीले ३०–२८ ले जित्न सफल हुदा तेस्रो सेटमा २५–१५ को सहज जित निकाल्यो ।

यति ब्रुअरी प्रालिको उत्पादन इनर्जी ड्रिंङ्स एम–१५० ले मुख्य प्रायोजन गरेको प्रतियोगिताको विजेता एपीएफले १ लाख रुपैया प्राप्त गर्यो  । दोस्रो स्थानमा चिक्त बुझाएको गन्डकी प्रदेशले ६० हजार रुपैया प्राप्त गर्यो । यस्तै तेस्रो भएको गीतान्जलीले ३५ हजार रुपैया पायो । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले एक थान युएम मोटरसाइकल प्राप्त गरे । व्यक्तिगत विधाका उत्कृष्टले जनही ५–५ रुपैया प्राप्त गरे । विजयी खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मा, महासचिव जितेन्द्र बहादुर चन्द, आयोजक ढोरपाटन क्लबका अध्यक्ष मनवीर छन्त्याललगायतले पुरस्कृत गरे ।

गोलाप्रथाबाट छानिने भाग्यशाली दर्शकले १३ असोजमा लक्की ‘ड्र’ मार्फत एक स्कुटर प्रदान गरिने संघका अध्यक्ष मनवीर छन्त्यालले जानकारी गराए । लिग कम नकआउटका आधारमा भएको प्रतियोगितामा विभिन्न १६ टिमको सहभागिता रहेको थियो । प्रतियोगिता ३० भदैबाट शुरु भएको थियो ।

ढोरपाटन भलिबलका उत्कृष्ट

सर्वाेत्कृष्ट खेलाडी– महेन्द्र श्रेष्ठ (नेपाल एपीएफ क्लब)

उत्कृष्ट सर्भर – दौलत सिंह (गीतान्जली कलेज)

उत्कृष्ट सेटर – दिनेश गिरी (नेपाल एपीएफ क्लब)

उत्कृष्ट स्पाइकर – टेकराज अवस्थी (नेपाल एपीएफ क्लब)

उत्कृष्ट डिफेन्स – राजन दर्लामी मगर (गन्डकी प्रदेश)

उत्कृष्ट क्वीकर – हरि पान्डे (गन्डकी प्रदेश)

उत्कृष्ट प्रशिक्षक – ज्ञानेन्द्र विष्ट (नेपाल एपीएफ क्लब)

March 6, 2025

नेपालले विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडीले भारतको नयाँ दिल्लीमा हुने विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिने भएका छन्। ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शुक्रवार भारतको नयाँ दिल्ली जाने भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ । टोलीलाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीवार त्रिपुरेश्वरस्थित राखेपमा एक कार्यक्रमबीच बिदाइ गरे । फागुन २३ देखि चैत […]

March 6, 2025

बायर्नको सहज जित

एजेन्सी – ह्यारी केनको २ गोलमा बायर लेभरकुसेनलाई ३-० को हार चखाउँदै बायर्न म्युनिखले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने संभावनालाई मजबुत बनाएको छ। खेलको नवौं मिनेटमा नै बायर्नले अग्रता बनायो। माइकल ओलिसेको क्रसमा केनले हेडर गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ५४ औं मिनेटमा लेभरकुसेनका गोलकिपर कोभारले किम्मिखको क्रस हातबाट छुटाए। जसलाई मुसियालाले […]

March 6, 2025

विश्व कप लिग टु – क्यानडा र नेदरल्याण्ड्सको खेल रद्द

एजेन्सी – विश्व कप लिग टु अन्तगर्त क्यानडा र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजमा बुधवार हुनुपर्ने क्यानडा र नेदरल्याण्ड्सबीचको खेल टस समेत नभई रद्द भएको हो । नेपालसहित ८ टोली सहभागी लिग टु क्यानडा १३ खेलमा १७ अंकका साथ तेस्रो स्थानमा छ । समान खेलमा १५ अंकका साथ […]

Success

Thank you for your time.