6 years ago
September 20, 2018
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपीएफ क्लब र आयोजक ढोरपाटन क्लब राजधानीमा जारी पाँचौ ढोरपाटन एम–१५० राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । एपीएफले मन्डली स्पोर्टस् क्लब पाल्पालाई ३–० को सेटमा पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा बिहिबार भएको खेलमा एपीएफले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो र तेस्रो सेट २५–१५ र २५–१६ ले आफ्नो पक्षमा पार्न सफल भयो । बिहिबारै भएको प्रतिस्पर्धात्मक खेलमा आयोजक ढोरपाटनले थ्री स्टार एकेडेमीमाथि ३–२ को प्रतिस्पर्धात्मक सेटमा जित निकाल्दै अन्तिम चारमा पुग्न सफल भयो । पहिलो सेट २५–२२ ले जितेको ढोरपाटनले दोस्रो सेट ३२–३० ले आफ्नो पक्षमा पारेको थियो । त्यसपछि लगातार दुई सेट गुमाएको ढोरपाटनले अन्तिम सेट आफ्नो पक्षमा पार्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । थ्री स्टारले तेस्रो र चौथो सेट २५–१८ र २५–१५ ले जितेपछि अन्तिम सेटको नतिजा कुर्नुपरेको थियो । तर अन्तिममा ढोरपाटन १५–१३ ले विजयी हुन सफल भयो ।
यस्तै गिताञ्जली कलेजले बुढानिलकण्ठलाई ३–० कै सेटमा पराजित ग¥यो । पहिलो सेट २८–२६ ले जितेको गिताञ्जलीले दोस्रो र तेस्रो सेट २५–१४ र २५–२३ ले आफ्नो पक्षमा पारेको थियो । गन्डकी प्रदेश र बडिगार्ड गाउपालिकाबीचको अन्तिम क्वाटरफाइनल खेल आजै हुने भनिएपनि हुन सकेन । उक्त खेल भोलि हुनेछ ।
सेमिफाइनलमा गीतान्जली कलेजले एपीएफको सामना गर्नेछ ।
यति ब्रुअरी प्रालिको उत्पादन इनर्जी ड्रिंङ्स एम–१५० ले मुख्य प्रायोजन गरेको प्रतियोगिताको विजेताले १ लाख रुपैया प्राप्त गर्नेछ । दोस्रो हुनेले ६० हजार र तेस्रो हुने टिमलाई ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल पाउनेछन् । ब्यक्तिगत विधा अन्तर्गत स्पाईकर, ब्लकर क्वीक डिफेन्डर, सर्भर लिफ्टर र प्रशिक्षकलाई ५ हजार प्रदान गरिने छ । प्रतियोगितामा एक जना दर्शकलाई स्कुटर, ८ जना दर्शकले इजी टिसर्ट र अरु ८ जना दर्शकले डाइमण्ड मोबाइल पाउनेछन् ।
March 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको इतिहासमा त्रिभुवन आर्मी क्लबविरुद्ध मधेश प्रदेशले पहिलो पटक जित हासिल गरेको छ । बुधवार भएको खेलमा मधेशले आर्मीलाई ३ विकेटले हराउँदै ऐतिहासिक जित हात पारेको हो । मधेशले आर्मीलाई समग्रमा दोस्रो पटक र पिएम कपमा पहिलो पटक हराएको हो । सन् २०२३ मा पोखरामा भएको […]
March 19, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) को आफ्नो पहिलो खेलमा नियमित कप्तान हार्दिक पाण्ड्याको अनुपस्थितीमा मुम्बई इन्डियन्सको कप्तानी सुर्यकुमार यादवले गर्ने भएका छन् । मुम्बईका मुख्य प्रशिक्षक महेला जयवर्धनेले बुधबार मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा सुर्यकुमारले पहिलो खेलमा कप्तानी गर्ने बताएका हुन् । नियमित कप्तान हार्दिक पाण्ड्यालाई सन् २०२४ को आइपिएलको अन्तिम खेलमा स्लो ओभर रेटका कारण […]
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता विप्लभलाल श्रेष्ठले अप्रत्याशित रुपमा राष्ट्रिय अन्तर्राष्ट्रिय करातेबाट सन्न्यासको घोषणा गरेका छन्। नेपाल कराते महासंघ त्यसमा पनि अध्यक्ष युवराज लामाको व्यवहारप्रति असन्तुष्टि जनाउँदै विप्लभले बुधवार पत्रकार सम्मेलनमार्फत सन्न्यासको घोषणा गरेका हुन्। आफू कराते छाडेर विदेश जाने तयारी गरिरहेको विप्लभले बताए। ‘हवीका रुपमा मैले […]