7 years ago
September 18, 2018
भानुभक्त अधिकारी
सुर्खेत– भलिबलका अन्तर्राष्ट्रिय रेफ्री गौतमप्रसाद लासिवाले कर्णालीलाई भलिबलवाटै चिनाउन सकिने बताएका छन् । नेपालका एक मात्र अन्तर्राष्ट्रिय रेफ्री लासिवाले कर्णाली प्रदेश स्तरिय भलिवल रेफ्रि तालिम दिन आउने क्रममा भलिवल खेलको सम्भावनाबारे धारण राख्दै यसका लागि कर्णाली सम्भावित क्षेत्र भएको बताए ।
‘मेरो अनुभवमा कर्णाली भलिवलको लागि नौलो स्थान होइन’ उनले भने, ‘कर्णालीलाई भलिवलले चिनाउन सक्छ ।’ अन्तर्राष्ट्रिय रेफ्रि लासिवाले अवसर दिए कर्णालीले यसैमा आफ्नो पहिचान बनाउन सक्ने बताए । अहिले एसियाड खेल मार्पmत भलिबलमा १५ औं स्थानमा उक्लेको स्मरण गर्दै उनले भलिवलमा आँफुहरु सफल भएको दाबी गरे ।
कर्णाली प्रदेश प्रमुख दुर्गाकेशर खनालले सुर्खेतमा २०२९ सालमा नै राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता आयोजना गरिएको स्मरण गर्दै प्रदेशलाई भलिबलको विकासका लागि सबैको सहकार्य आवश्यक भएको बताए । नेपाल भलिवल संघका केन्द्रिय अध्यक्ष मनोरञ्जन रमण शर्माले अपेक्षा अनुरुप भलिबल खेलमा प्रगति भएको बताए । शर्माले खेलकुदको विकासका लागि समिक्षा गरी अगाडि बढ्ने बताए ।
मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका पूर्व अध्यक्ष एवं भलिवलका पूर्व राष्ट्रिय खेलाडी निरञ्जन केसीले खेलाडीहरु राज्यवाट उपेक्षित हुँदा र खेलमा पूर्वाधार विकास नहुँदा आशा गरिए अनुसार खेलकुदको विकास हुन नसकेको बताए ।
त्यस्तै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवं भलिबल संघका जिल्ला अध्यक्ष चन्द्रकुमार गिरीले भलिबललाई ग्रामिण स्तरमा सञ्चालन गर्न र चिनाउनका लागि पनि प्रशिक्षण लिन आवश्यक रहेको बताए ।
भलिवलका केन्द्रिय सदस्य एवं कर्णाली प्रदेश संयोजक सोमबहादुर श्रेष्ठ मंगलले भलिवल खेल आयोजना गर्न सहज होस भनेर पहिलो पटक कर्णाली प्रदेश स्तरिय भलिवल रेफ्री प्रशिक्षण आयोजना गरेको बताए । प्रशिक्षणमा कर्णालीका १० जिल्लाहरु लगायत अछाम, दाङ्ग, बाँके, बर्दिया र पाल्पावाट समेत ७५ जना प्रशिक्षार्थीहरु सहभागि रहेका छन् ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]