default_image

7 years ago

September 14, 2018

भलिबलमा विकेन्द्रिकरण प्रयासः २२ औं संस्करणको राष्ट्रिय महिला भलिबल बाग्लुङमा हुने

100 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले प्रतियोगिता आयोजनामा विकेन्द्रिकरणको प्रयास शुरु गरेको छ । संघकै आयोजनामा २१औं संस्करणका काठमाडौंमा सम्पन्न गरेको महिला भलिबल प्रतियोगिताको २२ औं संस्करणको राष्ट्रिय भलिबल प्रतियोगिता बाग्लुङमा आयोजना गर्ने निर्णय गरेसँगै संघले विकेन्द्रिकरण प्रयास थालेको हो ।

संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता बाग्लुङको गल्कोट नगरपालिकामा गराउने जानकारी गराएको हो । यससँगै संघको आयोजना, बाग्लुङ जिल्ला भलिबलसंघको व्यवस्थापन र गल्कोट नगरपालिकाको सहयोगमा प्रतियोगिता २३ असोजदेखि २७ असोजसम्म हुदैछ । यससँगै संघको प्रतियोगिता आयोजनाको लागि बाग्लुङ जिल्ला भलिबल संघलाई ६ थान बल, १ थान नेट र १ लाख रुपैया हस्तान्तरण गरेको छ । केन्द्रिय संघका अध्यक्ष मनोरन्जनरमण शर्माले बाग्लुङ संघका अध्यक्ष यम बहादुर श्रीसलाई सामग्री हस्तान्तरण गरे ।

संघले यो प्रतियोगिताबाट उत्कृष्ट २४ खेलाडी छनोट गरी राष्ट्रिय टिमको तयारीको लागि राखिने बताए ।  गल्कोट नगरपालिकाका मेयर भरत शर्मा गैह्रेले नगरपालिकाको योजनामा खेलकुदको कार्यक्रम समावेश गरिएको र यसबारेमा बाग्लुङ जिल्ला भलिबल संघका अध्यक्षसँग कुराकानीको क्रममा नेपालको राष्ट्रिय खेल भलिबल नै आयोजना गर्न पाउनु गल्कोटको लागि खुशीको कुरा रहेको बताए ।

संघीय ढाँचामा हुने प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय टिम गरी १० टिमको सहभागिता रहने संघले जनाएको छ । प्रतियोगितामा सहभागी टिमलाई दुई समूहमा विभाजन गरिनेछ । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ । प्रतियोगिताको विजेताले ५० हजार प्राप्त गर्नेछन् । यस्तै दोस्रोले ३० र तेस्रोले २० हजार पाउने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १० हजार पाउनेछन् । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने स्पाइकर, सर्भर, लिबेरो, सेटर र ब्लकरलाई समान ५ हजार प्रदान गरिनेछ ।

March 19, 2025

आर्मी मधेशसँग पहिलो पटक पराजित

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको इतिहासमा त्रिभुवन आर्मी क्लबविरुद्ध मधेश प्रदेशले पहिलो पटक जित हासिल गरेको छ । बुधवार भएको खेलमा मधेशले आर्मीलाई ३ विकेटले हराउँदै ऐतिहासिक जित हात पारेको हो । मधेशले आर्मीलाई समग्रमा दोस्रो पटक र पिएम कपमा पहिलो पटक हराएको हो । सन् २०२३ मा पोखरामा भएको […]

March 19, 2025

सुर्यकुमार मुम्बईको कप्तान बन्दै

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) को आफ्नो पहिलो खेलमा नियमित कप्तान हार्दिक पाण्ड्याको अनुपस्थितीमा मुम्बई इन्डियन्सको कप्तानी सुर्यकुमार यादवले गर्ने भएका छन् । मुम्बईका मुख्य प्रशिक्षक महेला जयवर्धनेले बुधबार मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा सुर्यकुमारले पहिलो खेलमा कप्तानी गर्ने बताएका हुन् । नियमित कप्तान हार्दिक पाण्ड्यालाई सन् २०२४ को आइपिएलको अन्तिम खेलमा स्लो ओभर रेटका कारण […]

March 19, 2025

कराते महासंघको‌ नेतृत्वसँग असन्तुष्टि जनाउँदै विप्लभले लिए सन्न्यास

काठमाडौं (हाम्रो खेलकुद)- १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता विप्लभलाल श्रेष्ठले अप्रत्याशित रुपमा राष्ट्रिय अन्तर्राष्ट्रिय करातेबाट सन्न्यासको घोषणा गरेका छन्। नेपाल कराते महासंघ त्यसमा पनि अध्यक्ष युवराज लामाको व्यवहारप्रति असन्तुष्टि जनाउँदै विप्लभले बुधवार पत्रकार सम्मेलनमार्फत सन्न्यासको घोषणा गरेका हुन्। आफू कराते छाडेर  विदेश जाने तयारी गरिरहेको विप्लभले बताए। ‘हवीका रुपमा मैले […]

Success

Thank you for your time.