7 years ago
September 12, 2018
पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबले रेडबुल राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । बुधबार भएको फाइनलमा चिरपरिचित प्रतिद्धन्द्धी न्यु डामयण्ड एकेडेमीलाई ३–१ कोे सेटमा पराजित गर्दै एपिएफले वर्षको चौथो उपाधि जित्न सफल भएको हो ।
पोखराको लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माबिको भलिबल कोर्टमा भएको खेलमा एपिएफले पहिलो सेटमा २५–२० को जित निकालेको थियो । दोस्रो सेटमा प्रतिभा मालीको उत्कृष्ट प्रदर्शनले पुनरागमन गर्दै डायमण्डले २५–१८ को जित निकालेपनि तेस्रो र चौथो सेटमा २५–१७ र २५–२१ ले आफ्नो पक्षमा पार्न सफल भयो ।
बर्षाले प्रभाबित पारेको फाईनल खेलमा एपिएफकी सरस्वती चौधरीले २३ स्कोरको योगदान दिदा न्यु डायमण्डकी प्रतिभा मालिले ४० अंक जोडेकी थिईन् । न्यु डायमण्डका प्रशिक्षक कुमार राइले बर्षाले खेलाडीहरुले अपेक्षा अनुसार खेल्न नसक्दा हार ब्यहोरेको बताए । बिजयी टिम एपिएफका प्रशिक्षक ज्ञानेन्द्र बिष्टले पनि बर्षाले समस्या पारेपनि खेलाडी जित निकाल्न सफल भएको बताए ।
एपिएफको यो वर्षको चौथो उपाधि हो । यसअघि एपिएफले शेर बहादुर खड्का स्मृति महिला भलिबल, सभामुख कप र एनभिए क्लब लिग भलिबलको उपाधि जितेको थियो ।
प्रतियोगितामा एपिएफकी सरस्वती चौधरी सर्वोउत्कृष्ट खेलाडी घोषित भइन् । उनले ५ हजार ५ सय नगद प्राप्त गरिन् । यस्तै डायमण्डकी प्रतिभा माली उत्कृष्ट स्पाइकर,डायमण्डकै सलिना श्रेष्ठ, उत्कृष्ट डिफेन्स, एपिएफकी हिरा केसी उत्कृष्ट क्वीकर, एपिएफकी शशी चौधरी उत्कृष्ट सेटर र आर्मीकी सुनिता खड्का उत्कृष्ट ब्लकर घोषित भइन् । उत्कृष्ट प्रशिक्षक एपिएफका ज्ञानेन्द्र बिष्ट घोषित भए ।
तिज महोत्सवका अवसरमा नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा भएको प्रतियोगिताको बिजेता एपिएफले १ लाख, दोस्रो भएको न्यु डायमण्ड एकेडेमीले ६५ हजार रुपैयाँ र तेसो भएको त्रिभुवन आर्मीले २५ हजार पुरस्कार सहित ट्रफि मेडल र प्रमाणपत्र पुरस्कार पाएका छन् । प्रतियोगितामा दुइ बिभागिय क्लब एपिएफ र आर्मी गरी ५ टोली सहभागि भएका थिए ।
March 21, 2025
सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]