7 years ago
September 11, 2018
पोखरा (हाम्रो खेलकुद) – महिला भलिबलमा चिरपरिचित दुई प्रतिद्धन्द्धी न्यु डायमन्ड एकेडेमी र विभागीय नेपाल एपीएफ क्लबले वर्षको चौथो उपाधि भिडन्त पक्का गरेका छन् ।
पोखरा लामाचौरमा तीज महोत्सवको अवसरमा भैरहेको प्रतियोगिताको मंगलबार भएको पहिलो सेमिफाइनलमा डायमन्डले विदेशी खेलाडी सम्मिलित चितवन टाइगर्समाथि ३–० को सहज जित निकाल्दै फाइनलमा स्थान बनाए । साविकको उपविजेता समेत रहेको डायमन्डले चितवनमाथि पहिलो सेटमा २५–१८ को सहज जित निकालेको थियो । दोस्रो सेटमा १७ –२२ ले पछि परेको अबस्थालाई उल्टाउदै २५–२३ को संघर्षपुर्ण जित निकाल्न सफल भयो । डायमन्डले तेस्रो सेटमा २५–१७ को सहज जित निकाल्न सफल भयो ।
इन्द्रराज्यलक्ष्मी माबिको भलिबल कोर्टमा भएको विभागीय डर्वी सेमिफाइनलमा साविकको विजेता नेपाल एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबमाथि ३–० को सहज जित निकाल्दै डायमन्डसँगको भेट पक्का ग¥यो । एपिएफले आर्मीलाई पहिलो सेटमा २५–२२, २५–२० र २५–२१ ले पराजित ग¥यो ।
एपीएफ र डायमन्डको यो वर्षको चौथो उपाधि भिडन्त हो । यसअघिका सबै तीन भेटमा एपीएफले जित निकालेको थियो । यि दुई टोलीले शेर बहादुर खड्का स्मृति खुल्ला महिला भलिबल प्रतियोगिता, प्रथम समभामुख र कप र एनभीए क्लब लिगको फाइनल खेलेका थिए ।
प्रतियोगिताको विजेताले १ लाख र उपबिजेताले ६५ हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा दुइ बिभागिय क्लब एपिएफ र आर्मी गरी ५ टोली सहभागि छन् ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]