9 years ago
February 24, 2016
सिड्नी, फागुन १२
अष्ट्रेलियाको सिड्नीमा नेपाली महिला भलिबल प्रतियोगिता हुने भएकोे छ ।
नेपाली पोेशाकको ब्यवसायी गर्दै आएकी नेपाली महिला नेन्सी पुनको सक्रियता तथा नेपमार्टको आयोजनामा हुने एक दिने प्रतियोगिता आगमी फेब्रुअरी २८ तारिखमा हुनेछ । प्रतियोगितामा ४ टिमको सहभागिता रहने रेफ्री संयोजक खेम पुर्जाले सिड्नीबाट जानकारी गराएका छन् ।
राउण्ड रबिनका आधारमा सञ्चालन हुने प्रतियोगितामा जलजला परिवार, म्याग्दी सेवा समिति, पोखरा समाज र छन्त्याल परिवार रहेका छन् । सिड्नीको पिसी वाइसी म्यारिकभिल खेल मैदानमा हुने प्रतियोगिताका दुई उत्कृष्ट टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताका विजेताले ८ सय अमेरिकी डलर र उपविजेताले ५ सय प्राप्त गर्ने तथा प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ सय डलर प्राप्त गर्ने संयोजक पुर्जाले जानकारी गराए ।
March 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशविरुद्ध कम रनमै अल आउट भएको छ । भैरहवामा जारी खेलमा लुम्बिनी प्रदेश १ सय १६ रनमै अलआउट भएको हो । एक्स्ट्रा टेक क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी ४४.१ ओभरमा १ सय १६ रनमा समेटिएको हो । लुम्बिनीका लागि […]
March 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – भीम सार्कीको शतकबाट चुक्दा प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । दाङमा जारी खेलमा आर्मीले मधेशलाई २ सय १८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । लमहीमा रहेको देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर […]
March 19, 2025
काठमाडौं(हाम्रो खेलकुद) – स्पिनर ललितनारायण राजवंशीको ५ विकेट तथा कप्तान दीपेन्द्रसिंह ऐरीको विष्फोटक अर्धशतकको सहयोगमा प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार छैठौं जित हात पारेको छ । साविक विजेता पुलिसले बुधवार गण्डकी प्रदेशलाई ७ विकेटले हरायो । ९३ रनको लक्ष्य पुलिसले १६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । […]